November 8th, 2019

राष्ट्र बैंकले १ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले तीन÷तीन महिनामा ब्याज आउने गरी मंसिर १ गतेदेखि लागू हुने गरी एक वर्षका लागि लगानी गर्न लागेको हो ।

‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ३१ करोड १६ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २४ करोड ५९ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ८ करोड १९ लाख रुपैयाँ लगानी गर्ने तयारी राष्ट्र बैंकको छ ।

लगानी गर्न चाहने बैंक तथा वित्तिय संस्थाहरूलाई शुक्रबारभित्र शिलबन्दी दरभाउ पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरू दुई वर्षअघि स्थापना भएको हुनुपर्ने सर्त राखिएको छ । यसैंगरी न्यूनतम पुँजीकोष पु¥याएको हुनुपर्ने, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने सर्त पनि राष्ट्र बैंकको छ ।

रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको,   जरिमाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको, कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको बैंक तथा वित्तीय संस्था लगानी गर्नका लागि योग्य हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । राजधानी दैनिकमा प्रकाशित समाचार 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]