November 7th, 2019

नेपालमा व्यवसायीक वातावरण : कर्जाको उपलब्धतामा धेरै सुधार


अर्जुन बहादुर कंडेल
बरिष्ठ प्रबन्धक,नेपाल बैंक लिमिटेक
बिश्व बैंकले सन् २००३ देखि हरेक बर्ष बिश्वभरका देशहरुबाट सुचना संकलन गरी व्यवसायीकवाताबरण सम्बन्धमाप्रतिबेदनतयार गरी प्रकाशनगर्ने गरेको छ जसलाइ नैडुइङबिजनेश रिपोर्ट भनिन्छ । सम्बद्ध मुलुककाउधमी, व्यवसायी, कानुनबिद, लेखाबिद, प्रशासक लगायत प्रत्यक्ष सरोकारवालाहरुसंँग समेत प्रश्नावली मार्फत सुचना संकलन गरी बैंकले प्रतिवेदन तयार गर्दछ । बैंकको पहिलो प्रतिबेदनमा १३३ राष्ट्रहरु र ६ वटा परिसुचकहर समावेश थिए । बिश्व बैंकले“इज अफ डुइङ बिजनेश” सम्बन्धि १७औं अंक “डुइङ बिजनेश २०२०” प्रकाशन गरेको छ जसले विश्वभरका सरकारहरुलाई व्यवसायीक वातावरण सुधार गरी दिगो आर्थिक बृद्धि गरी प्राप्तगर्ने लक्ष्य हांशिल गर्न प्रोत्साहन गरेको छ । “डुइङ बिजनेश २०२०” ले १९० राष्ट्रहरुलाइ समाबेश गरी व्यबसायीक वातावरण संग सम्बन्धी १२ बिषयहरुलाई मुख्य परिसुचकको रुपमा लिएको छ । यी मध्ये १० वटा परिसुचकको आधारमा यो बर्षको डुइङबिजनेश स्कोर पत्ता लगाइएको थियो ।

व्यवसाय गर्नको लागि बिश्वका उत्कृष्ठ मुलुकहरु
डुइङ बिजनेश प्रतिवेदन २०२० ले देखाए अनुसार व्यवसायीक वाताबरण राम्रो भएको मुलुकमध्ये न्युजील्याण्ड ८६.८ अंक सहित प्रथम स्थानमा पर्दछ । सिंगापुर ८६.२ स्थान सहित दोस्रो, हङ्कङ् चाइना ८५.३ अंकसहित तस्रो, डेनमार्क ८५.३ अंक सहित चौथो, दक्षिण कोरीया ८४ अंक सहित पाचौं, अमेरिका ८४ अंक सहित छैटौं, जर्जीया ८३.७ अंक सहित सातौं, बेलायत ८३.५ अंकसहित आठौं, नर्वे ८२.६ अंक सहित नवौं र स्वीडेन ८२ अंक सहित दशौं स्थानमा परेका छन् यी मुलुकहरुमा बिधुतीय कारोवारको व्यापक प्रयोग सहितका अधिकांश साझा बिशेषताहरु रहेका छन । त्यसैगरी इज अफ डुइङ बिजनेशका उच्च २० अर्थतन्त्रहरुमा अनलाइन व्यवसाय दर्ता प्रकृया, बिधुतीय कर भुक्तानी र अनलाइनमार्फत नै सम्पत्तिदर्ता गर्न सकिने व्यस्थाहरु रहेका छन् । त्यसैगरी प्रतिबेदनले साउदी अरव, जोर्डन, टोगो, बहराइन, ताजिकिस्तान, पाकिस्तान, कुवेत ,चीन, भारत र नाइजेरीया जस्ता १० मुलुकलाई व्यबसाय गर्नको सबैभन्दा बढि सुधार भएका मुलुकको सुचीमा समाबेश गरेको छ । डुइङ बिजनेश प्रतिबेदनको १७औं श्रृङ्खलासम्म आइपुग्दा १७८ देशहरुले व्यबसाय शुरु गर्ने र प्रवेशको लागि अबरोधहरु घटाउने वा अन्त गर्ने क्षेत्रहरुमा७२२ वटा सुधारहरु गरिसकेका छन् । यी सुधारका बाबजुत पनि बिकसीत र बिकासोन्मुख देशहरुमा डुइङ बिजनेश सुचकहरुमा उल्लेख्य भिन्नता देखिएको छ । नेपालको छिमेकी मित्र राष्ट्र चीन ३१ औं स्थानमा परेको छ । दुइ बर्षसम्म लगातार प्रगती गर्ने उच्च १० वटा मुलुकहरुको सुचिमा चीन पनि रहेको छ ।

सार्क राष्ट्रहरुको अवस्था
डुइङ बिजनेश प्रतिबेदन २०२० अनुशार सार्क राष्ट्रहरुमा भारत सबैभन्दा अग्रणी स्थानमा रहेको छ भने अफ्गानस्तान सवैभन्दा पछाडि रहेको छ । भारतले कारोवारमा लाग्ने समय, लागत एवं आबश्यक कागजातहरु कम गरी सीमापार कारोवारमाव् यापक सुधार गरेको प्रतिबेदनले जनाएको छ । प्रतिवेदन अनुशार ७१ अंक सहितभारत ६३ औं स्थानमा रहेको छ भने अफगानीस्तान ४४.१ अंकसहित १७३ औं स्थानमा रहेको छ । ६६ अंकसहित ८९ औं स्थानमा रहेको भुटान भारत पछि सार्कमा दोस्रो स्थानमा छ । नेपाल सार्कमा तेस्रो स्थानमा छ । त्यसपछि क्रमश श्रीलंका ९९ औं स्थान, पाकिस्तान १०८ स्थान, माल्दिभ्स १४७औं स्थानर बंगलादेश १६८ औं स्थानमा रहेका छन् ।

नेपाल सन्दर्भ
डुइङ बिजनेश प्रतिबेदन २०२० अनुशार नेपालले कुल ६३.२ अंकप्राप्तगरी ९४ औं स्थानमा परेको छ । गत बर्ष डुइङ बिजनेश प्रतिबेदन २०१९ अनुशार नेपालको कुलअंक ५९.६ सहित ११० औं स्थानमा परेको थियो । डुइङ बिजनेशप्रतिबेदन २०१८ को १०५ औं स्थानुबाट एकैचोटी ११० औं स्थानमा झर्दा व्यवसायीक वातावरण झन बिग्रदै गएको भन्दै सरकारको व्यापक आलोचना भएको थियो । बिश्व बैंकको उक्त प्रतिवेदन माथि नेपालले आपत्ति जनाउदैं पुनर्बिचार गर्न गरेको बिश्व बैंक समक्षआग्रहसमेत गरेको थियो तथापीबिश्व बैंकले कुनै पुनर्बिचार गरेन । यस पटक भने नेपालले अपेक्षाकृत सफलता हांशिल गरेको छ । ११० औं स्थानबाट १६ स्थान फड्को मार्दै ९४ औं स्थानमा पर्नु भनेको नेपालको लागि ठुलो सफलता हो ।अब नेपालमा व्यवसायीक वाताबरणमा व्यापक सुधार भएको छ र स्वदेशी एवं बिदेशी उत्पादकहरुलाई आकर्षित गराएको छ भन्ने दरिलो प्रमाण हो यो ।

इज अफ डुइङ बिजनेश प्रतिबेदनमा सन् २००८ देखि हालसम्मको नेपालको अवस्था

मिति(सन) २००८  २००९ २०१० २०११ २०१२ २०१३ २०१४ २०१५ २०१६
स्थान १११ १२३ ११२ ११६ ११० ११० १०५ १०५ ९९

 

२०१७  २०१८  २०१९  २०२०
१०७  १०५ ११० ९४

बिश्व बैंकले मापन गरेका १० वटा सुचकहरुमध्ये निर्माण अनुमती प्रकृया, बिधुत उपलब्धता, कर्जा उपलब्धता, सीमापार कारोवार र सम्झौता कार्यान्वयन गर्ने जस्ता ५ वटा सुचकहरुमा सुधार गरी गतवर्षभन्दा धेरै अंक प्राप्त गरेको छ । नेपालले सवैभन्दा बढि सुधार कर्जाको उपलब्धतामा गरेको छ । यसमा नेपाल ७५ अंक सहित ३७औं स्थानमा रहन सफल भएको छ । साख सुचना केन्द्रको प्यारामिटरहरुमा विस्तार एवं कार्यकुशलतामा भएको बृद्धिले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रबाह गर्दा लाग्ने समय र लागतलाई कम गरि नेपाललाई माथि लैजान सहयोग गरेको छ । वित्तीय संस्थाहरुले बर्षभरीमा २००० नयांँ शाखाहरु खोलेका र कुल७५३ स्थानीय तह मध्ये वाणिज्य बैंकहरु७३९ स्थानीय तहमा पुगेकोले बैंक सुचनाको प्रवाह व्यापक रुपमा बढ्न सकेको हो । त्यसैगरी सीमापार व्यापारमा पनि नेपालले उल्लेख्य प्रगती गरेको छ । बिरगंजमा एकिकृत चेक पोष्टको स्थापना गरी आयात र निर्यातमा लाग्ने समय र लागत घटाएको छ । व्यवसाय शुरु गर्ने वातावरण, सम्पत्तिको दर्ता र कर भुक्तानी जस्ता ३ वटा सुचकहरुमा नेपालको स्थान खस्कीएको छ । कर बुझाउने वातावरणमा गत बर्ष ५२.७ अंकप्राप्त गरेको नेपालले यो बर्ष जम्मा ४७.१ प्रतिशत अंक हांशिल गरेको छ र १९० राष्ट्रहरुमध्ये १७५ औं स्थानमा परी धेरै नै कमजोर रुपमा देखा परेको छ ।व्यवसाय शुरु गर्ने वातावरणमा १३५ औं स्थान र सम्पत्तिको दर्ता सम्बन्धि सुचकमा ९७औं स्थानमा परेको प्रतिबदेनले देखाएको छ ।अल्पमतमा परेका लगानीकर्ताको संरक्षण गर्ने र व्यवसाय टाट पल्टीएपछि समस्यागर्नेमा नेपालको प्रगती स्थीर रहेको छ ।

डुइङ बिजनेश इन्डेक्सका सुचकहरुकमा नेपालले प्राप्त गरेको प्राप्ताङ्क र स्थान

क्र.स.  सुचकहरु  प्राप्ताङ्क स्थान  परिवर्तन
१  व्यवसाय सुरुवात प्रकृया  ८१.१  १३५  नकारात्मक
२  निर्माण अनुमतीप्रकृया ६०.९ १०७ सकारात्मक
३  बिधुतउपलब्धता ६०.९ १३५ सकारात्मक
४  सम्पत्ति दर्ता  ६३.६  ९७ नकारात्मक
५  कर्जा उपलब्धता  ७५  ३७ सकारात्मक
६  अल्पमतमा परेका लगानीकर्ताको
सुरक्षा
५८ ७९ स्थीर
७   कर भुक्तानी प्रकृया ४७.१ १३५ नकारात्मक
८  सीमापार व्यापार  ८५.१ ७० सकारात्मक
९  करार सम्झौतालागु गर्ने  ४६  १५१ सकारात्मक
१० व्यवसाय टाट पल्टीए पनि समस्या 
समाधानगर्ने 
४७.२  ८७ स्थीर

चुनौतीहरुर सुधारका उपायहरु
बिश्व बैंकको प्रतिबेदनले नेपालमा अझै पनि व्यबसायीक वातावरणमा केहि मुलभुत चुनौतीहरु रहेको देखाएको छ । नेपालमा व्यबसाय शुरुवात गर्ने प्रकुया निकै नै चुनौतपुर्ण रहेको छ ।औशतमा व्यवसाय शुरुवाती प्रकृया सम्पन्न गर्न २२.५ दिन र प्रतिव्यक्ति आयको २०.२ प्रतिशत लागत लाग्दछ जबकी त्यसको लागिओइसीडी राष्ट्रहरुमा ९ दिन र प्रतिव्यक्ति आयको ३ प्रतिशत लागत लाग्दछ । त्यसैगरी सम्पत्ति दर्ता र कर भुक्तानी प्रकृयामा अत्यन्त धेरै झण्झट र धेरै समय एवं उच्च लागत लाग्ने अवस्थामा सुधार हुन सकेको छैन ।यी बाहेक अल्पसङ्ख्यक लगानीकर्ताहरुको संरक्षण र कम्पनी आर्थिक रुपमा टाट पल्टिएपछि त्यसको समाधान गर्ने क्षेत्रहरु प्नि चुनौतकै रुपमा देखिएका छन् । बिश्व बैंकको सुचकमा नपरेका तर व्यवसायीक वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रहरु जस्तै बैदेशिक लगानी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, अब्यक्त लागत,बजारको आकार, शान्ति शुरक्षा र भौतीकपुर्वाधार जस्ता बिषयहरुपनि नेपालको अगाडि प्रमुख चुनौतीहरुको रुपमा देखा परिरहेका छन् ।
नेपालले व्यवसायीक वातावरणमा व्यापक सुधार गरी १६ स्थान माथि उक्लेको भएतापनिव् यवसायीक वातावरण धेरै सुधार गर्ने बिश्वका प्रमुख २० मुलुकहरुको सुचीमा पर्न सकेको छैन । त्यसैले किन धेरै सुधार गर्ने राष्ट्रहरुको सुचीमा पर्न सकिएन भनि समिक्षा गरी आगामी बर्ष सो सुचीमा पर्न नेपालले बिशेष सुधारका कार्यक्रमहरु लागु गर्नु पर्दछ । खासगरी नेपालले व्यवसाय शुरुवात गर्ने, सम्पत्तिदर्ता गर्ने र कर भुक्तानी गर्ने प्रकृयामा ठोष सुधार गर्नु पर्ने देखिन्छ । सामाजिक सुरक्षा कार्यक्रमहरुमा तिव्र सुधार, बैंकिङ्ग पहुंचमा बृद्धि,बिधुत आपुर्ति र बिधुतीय कारोबारमा फड्को मारिरहेको नेपाल आगामी बर्ष अझ धेरै स्थान माथि उक्लन सक्ने दरिलो संभावना देखिएको छ ।यसबाट आगामी बर्षहरुमा स्वदेशी एवं बिदेशी व्यवसाय थप आकर्षित भइ बिदेशी पँुंजी र नयां प्रबिधिभित्रने वातावरण तयार हुंदै जाने छ । तसर्थ सरकारले यो सुधारलाइ निरन्तरता र अझ गति दिनु आवश्यक छ ।
(लेखक नेपाल बैंक लिमिटेड प्रधानकार्यालयमा बरिष्ठ प्रबन्धकको रुपमाकार्यरत हुनुहुन्छ ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]