November 6th, 2019

सानिमा र स्टान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक

बैंकिङ खबर । सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । सानिमा बैंकको नयाँ व्याजदर हिजो (मंगलबार) देखि नै लागू भइसकेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको व्याजदर आजदेखि लागू भएको छ ।

सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता र सानिमा दीर्घायु तलब खाताको व्याजदर परिवर्तन गरी ६.५० प्रतिशत कायम गरेको छ । यी खाताहरुमा न्युनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्ने र त्रैमासिक रुपमा व्याज भुक्तानी हुने पनि स्पष्ट पारिएको छ ।

स्टान्डर्ड चार्टडले सबै साधारण बचत, मुद्दती निक्षेप एवम् कर्जाको व्याजदर परिवर्तन गरी नयाँ कायम गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]