November 4th, 2019

ओभरड्राफ्ट कर्जा के हो ? कतिसम्म निकाल्न मिल्छ ?

बैंकिङ खबर । कुनै समय यस्तो हुन्छ, जब हामीसँग आवश्यकता पूरा गर्नका लागि पैसा हुँदैन । यस्तो अवस्थामा हामीसँग सीमित विकल्प हुन्छ । किन त हामी साथीभाई वा आफन्तसँग सापट लिन सक्छौँ । क्रेडिट कार्डमा पर्सनल लोन पनि लिन सकिन्छ तर, यस्तो अवस्थामा व्याजदर धेरै हुन्छ । यस्तो अवस्थामा बैंकबाट ओभरड्राफ्ट कर्जा लिन सकिन्छ ।

आजकाल प्रायः बैंकहरुले ओभरड्राफ्ट सुविधा दिन्छन् । प्रायः बैंकहरुले करेन्ट एकाउन्ट, स्यालरी एकाउन्ट वा फिक्स्ड डिपोजिटमा यस्तो सुविधा दिन्छन् । यसअन्तर्गत, ओभरड्राफ्ट सुविधा भएका खातावालहरुले पछि व्याजसहित फिर्ता गर्ने गरी आफूलाई आवश्यक परेको पैसा लिन सक्छन् ।

ओभरड्राफ्ट कर्जा लिने प्रक्रिया अरु प्रक्रिया लिने जस्तै हुन्छ । बैंकमा एकाउन्ट पहिले नै भएकाहरुका लागि यस्तो कर्जा लिन सजिलो हुन्छ, नत्र धितो राख्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले ओभरड्राफ्ट शीर्षकको कर्जालाई अनुत्पादक मानेको छ । यसलाई नियन्त्रण गर्नका लागि कुल कर्जाको १५ प्रतिशतभन्दा बढी ओभरड्राफ्ट दिन नमिल्ने व्यवस्था गरेको छ । हालको व्यवस्थाअनुसार ओभरड्राफ्ट लगायत प्रयोजन नखुलेका व्यक्तिगत कर्जामा बैंक तथा वित्तीय संस्थाले प्रतिग्राहक ५० लाख रुपैयाँभन्दा बढी ऋण प्रवाह गर्न पाउँदैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]