November 3rd, 2019

भारतीय बैंकर आदित्य पुरी : कसरी भए यति महँगा ? (जीवनीसहित)

बैंकिङ खबर । भारतको एचडीएफसी बैंकका मेनेजिङ डाइरेक्टर आदित्य पुरी सबैभन्दा धेरै तलब पाउने बैंकरमा पर्छन् । उनले मासिक ८९ लाख भारु तलब लिन्छन् । विगत २५ वर्षदेखि उनी यसै बैंकमा कार्यरत छन् । उनीसँग बैंकिङ क्षेत्रमा झन्डै चार दशक काम गरेको अनुभव छ ।

पञ्जाव युनिभर्सिटीबाट कमर्समा स्नातक उतीर्ण गरेका पुरी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाका एसोसिएट मेम्बर समेत हुन् । एचडीएफसीमा प्रवेश गर्नुअघि उनले मलेसियाको सिटी बैंकमा प्रमुख कार्यकरी अधिकृत भएर १९९२ देखि १९९४सम्म काम गरेका थिए । १९९४ को सेप्टेम्बरदेखि उनी एचडीएफसीमा मेनेजिङ डाइरेक्टरको रुपमा कार्यरत छन् । आफ्नो कार्यकालमा उनले बैंकको ब्यालेन्स सिट साइज, निक्षेप, प्रतिशेयर आम्दानी, मुनाफा लगायतका वित्तीय सूचकमा ठूलो सधार ल्याएका छन् ।

मेनेजिङ डाइरेक्टरको रुपमा उनले बैंकलाई भारतमै नम्बर वान् बनाउन ठूलो भूमिका खेलेका छन् । बैंकिङ क्षेत्रमा उनको योगदानको कदरस्वरुप उनलाई विजनेस वल्र्ड म्यागाजिनले लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरेको छ । त्यस्तै उनले सीएनएन आईबिएन इन्डियन अफ द इयर इन विजनेस अवार्ड पनि पाएका छन् । यसबाहेक पनि उनले थुप्रै अवार्ड तथा सम्मानहरु पाएका छन् । उनी ब्यारोन्स वल्र्डस् टप ३० सीईओ २०१६ को सूचिमा समेत परेका थिए ।

उमेरले ७० वर्ष पुग्न लागेका पुरी अनिता पुरीसँग २५ वर्ष लामो वैवाहिक सम्बन्धमा छन् । छोरा अमित र छोरी अम्रिता गरी उनका दुई सन्तान छन् । उनीसँग ७० करोडभन्दा बढी मूल्य बराबरको सम्पत्ति छ । भारतका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचिमा उनी २४औँ नम्बरमा छन् । मुम्बईको बान्ड्रामा परिवारसँग बस्ने पुरीसँग एउडा अडि र एउटा मर्सिडिज बेन्ज कार छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]