November 1st, 2019

धितोपत्र बोर्डमा निमित्त अध्यक्षको जिम्मेवारी पौड्याललाई

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त भएपछि सरकारले दैनिकी काम संचालनका लागि निमित्तको जिम्मेवारी कार्यकारी निर्देशक परिष्टनाथ पौड्याललाई दिएको छ । अर्थ मन्त्रालयले दैनिक काम कारवाही संचालन गर्न उनलाई निमित्त तोकेको हो । उनले निमित्त अध्यक्षको रुपमा काम गर्ने छन् । तथापी नीतिगत निर्णयमा उनको हात रहने छैन । पु्ँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डमा अध्यक्ष डा रेवत कार्कीको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियूूक्तिमा ढिलाई भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]