November 1st, 2019

अब विदेशबाटै श्रम स्वीकृति लिन मिल्ने, अनलाइनबाटै बीमा रकम तिर्न सकिने

बैंकिङ खबर । अब विदेशबाटै श्रम स्वीकृति लिन सकिने भएको छ । यसका लागि बीमा समितिले अनलाइनबाटै बीमा शूल्क तिर्न मिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जसअनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले श्रम स्वीकृति नवीकरण गर्न चाहेमा अनलाइनबाटै बीमा शूल्क बुझाउन सक्नेछन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुले अनिवार्य बीमा गर्नुपर्ने प्रावधान रहेको छ । तर, अनलाइनबाट बीमा शूल्क बुझाउने व्यवस्था नहुँदा श्रम स्वीकृति नवीकरण गर्न चाहनेहरुका लागि अप्ठेरो पर्ने गरेको छ । अब भने अनलाइनबाटै बीमा शूल्क भुक्तानीको व्यवस्था हुने भएको छ । समितिले यस्तो व्यवस्था गर्नका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई निर्देशन दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]