October 31st, 2019

लक्ष्मी लघुवित्तका ग्राहकहरुलाई अलैंची अदुवाखेती एवं वित्तीय साक्षरता तालिम

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर १ अन्तर्गत अदुवा अलैंचीको लागि उपयुक्त क्षेत्र मानिएको इलाम र पाँचथर जिल्लामा रहेका ४ शाखाहरु क्रमश : पाँचथर जिल्लाको राँके शाखा, र इलाम जिल्लाको बिब्ल्याँटे, नयाँबजार र मङ्गलवारे शाखामा आवद्ध ग्राहकहरुलाई अदुवा अलैंचीखेतीसंगै वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

अलैंची अदुवा खेती तथा वित्तीय साक्षरता तालिम विभिन्न समयमा विभिन्न ठाँउहरुमा सञ्चालन भएको थियो । उक्त तालिममा व्यवसाय उन्मुख १,२८० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । ग्रामिण भेगमा छरिएर रहेका स–साना कृषकहरुलाई अगुवा कृषकहरुको माध्यमबाट व्यवसायिक रुपमा अलैची, अदुवा खेती गर्ने सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

कम लागतमा बढी प्रतिफल प्राप्त गर्ने किसिमले खेतीगर्ने सीपमा बृद्धि गर्ने, गुणस्तरयुक्त वस्तु उत्पादन गरी प्रतिष्पर्धी बजारमा अपेक्षित मुल्यमा सहजै विक्री योग्य बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ खेती गर्ने प्रविधीलाई आधुनिकीकरण गर्ने उद्धेश्यले अलैंची अदुवा खेती सम्बन्धी तालिम आयोजना गरिएको थियो ।

साथै, वित्तीय साक्षरता मार्फत न्यून आयस्तर भएका, कम शिक्षित, ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा वित्तीय व्यवस्थापन, पैसाको उचित परिचालन तथा पुँजी निर्माण गर्ने सीपमा वृद्धि गर्न सहयोग गर्दै विभिन्न अवसरको पहिचानबाट सक्षम र सफल उद्यमशील महिला बनाउने उद्देश्यले शाखाका कर्मचारीहरुबाट नै वित्तीय साक्षरता तालिम आयोजना गरिएको थियो ।

वित्तीय संस्थाले नियमित रुपमा आयोजना गर्ने यस्ता प्रकारका सीप र क्षमता अभिवृद्धि कार्यक्रमले संस्थामा आवद्ध ग्राहकहरुको वित्तीय र सामाजिक सुरक्षामा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]