October 26th, 2019

कात्तिक २१ गतेदेखि प्रभु बैंकको ऋणपत्र, १०.२५ प्रतिशत व्याज पाइने

बैंकिङ खबर । प्रभु बैंकले कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधारणको लागि निष्काशन गरिने छ । सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात २० लाख कित्ता पनि सर्वसाधारणको लागि बिक्री गर्नेछ ।

छिटोमा कात्तिक २५ गते र पहिलो चरणमा बिक्री नभए ढिलोमा मंसिर २० गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम चार लाख कित्तासम्मको लागि आवदेन दिन सक्ने छन् ।

जारी गर्न लागिएको उक्त ऋणपत्रले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा नेपाल एल ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । १० वर्षे अवधिको ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत व्याज दिनेछ । लगानीकर्ताले अर्धबार्षिक रुपमा २०८६ सम्म तोकिएको व्याजदरमा व्याज रकम प्राप्त गर्न सक्ने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]