October 24th, 2019

आशा लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५/७६ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पार्नुभयो । उहाँले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे समेत प्रष्ट पार्नुभयो । संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणहरु पारित गरेको छ । सो अवसरमा सभालाई उद्घाटन पश्चात सम्बोधनगर्दै प्रमुख अतिथि रामबहादुर पाण्डेले संस्थाको कारोबार वृद्धिसँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने सुझाव दिनुभयो । सभाका बिशिष्ट अतिथि डा. आत्मराम घिमिरेले अब संस्थाले व्यवसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई पनि जोड दिनुपर्ने सुझाव दिनुभयो । साधारण सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७५/७६ को मुनाफाबाट ०.६३१५७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने र चुक्तापूँजी रु. २० करोड ७४ लाखको १२ प्रतिशतले हुन आउने रकम बरावरको वोनश शेयर वितरण गर्ने निर्णय गरि सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाले अन्य ईजाजत–पत्रप्राप्त घ बर्गकाकुनै एक वा एकभन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्नगाभिन (Merger) वा प्राप्ती Acquisition गर्ने, समझदारी पत्र  Memorendum of Understanding मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पती तथा दायित्वको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report ) तयार गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने/गाभिने वा प्राप्ती संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरि अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले ताकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगायत आर्थिक वर्ष २०७६।७७ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा के.जे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्तिको प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फ बाट संचालकमा भावना बलायर र अविनास सिलवाल निर्बिरोध निर्वाचित हुनुभएको छ । २०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको २०७६ आसाढ मसान्तसम्ममा १ अर्ब ९२ करोड कर्जा लगानीमा रहेको तथा ४९ करोड निक्षेप संकलन रहेको प्रमुखकार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिनुभयो । संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]