October 23rd, 2019

नेशनल माइक्रोफाइनान्सको Portfolio Management & leadership तालिम कार्यक्रम सम्पन्न

 
बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थालि.ले Portfolio Management & leadership तालिम कार्यक्रम सम्पन्न गरेको छ । तालिम कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय स्थित निलकण्ठ न.पा.३ धादिङबेसी स्थित धादिङक्रिक रिसोर्ट धादिङबेसीमा संचालन भएको थियो । तालिम कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दिप प्रजवल्लन गरि संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गर्नु भएको थियो । तालिम कार्यक्रममा संस्थाको ३३ वटा शाखा कार्यालयको वरीष्ठ सहायक तथा सहायक कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिम कार्यक्रममा प्रशिक्षको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत रामबहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, सिताराम पंडित र रामचन्द्र रुपाखेतीले सहभागीहरुलाई कर्जा व्यवस्थापन, नेतृत्व शिप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयं उत्प्रेरणा शिर्षकहरु बारेमा प्रशिक्षण गराइएको थियो ।
तालिम कार्यक्रमको अन्तिम दिनमा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको सभापतित्वमा समापन समारोहको आयोजना गरिएको थियो । समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सबै सहभागीहरुलाई तालिमको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । समापनको अन्तिममा प्रमुख कार्यकारी अधिकृत यादवले सहभागीहरुलाई तालिममा सिकेका बिषयबस्तुहरुलाई व्यवहारमा लागु गरि कार्य सम्पादनमा सुधार गर्न सुझावको साथै आउदै गरेको तिहार तथा छठको शुभकामना सहित तालिम कार्यक्रममा सहभागीताको लागि सहभागीहरु ल्गायत व्यवस्थापनलाई धन्यवाद दिदै ३ दिने तालिम कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]