October 16th, 2019

गभर्नर डा.नेपालको सक्रियता : बढ्यो बैंकिङ पहुँच, एक करोड ८० लाख नेपालीको बैंक खाता

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको गभर्नर रुपमा डा. चिरंजीबि नेपाल नियुक्त भएपछि नेपालको बैंकिङ क्षेत्रमा थुप्रै सुधारका कार्यहरु भएका छन् । २०७१ सालमा गभर्नर बनेका डा. नेपालले पुँजीवृद्धि र मर्जरमार्फत बैंकिङ क्षेत्रलाई सबल बनाउनुका साथै वित्तीय पहुँच विस्तारमा पनि ठूलो सक्रियता देखाएका छन् ।

बैंकिङ सेवामा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने नीतिले केही वर्षमा नै ठूलो सफलता हाल पारेको छ । केही समयअघिसम्म ४० प्रतिशत भनिएको वित्तीय पहुँच अब झन्डै ६१ प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार ६०.९ प्रतिशत नेपालीहरु बैंकको पहुँचमा छन् ।

सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने नीति लिएपछि द्रुत गतिमा शाखा विस्तार हुँदा अहिले ७५३ मध्ये ७३९ स्थानीय तहहरुमा त वाणिज्य बैंक नै पुगेका छन् । यसबाहेक, कतिपय स्थानहरुम विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुले सेवा पुर्याइरहेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार, विगत एक वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाका कुल दुई हजारभन्दा बढी शाखा थपिएका छन् ।

बैंकको शाखा गाउँगाउँमा पुर्याउनुका साथसाथै वित्तीय साक्षरताका कार्यक्रम पनि अघि बढाइरहँदा बैंकमा खाता खोल्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाताहरुलाई हटाएर एक व्यक्ति एक खाता हेर्दा पनि करिब एक करोड ८० लाख निक्षेप खाता संख्या देखिएको छ । लघुवित्त र सहकारीबाट वित्तीय सेवा लिने जनसंख्यालाई पनि जोड्ने हो भने त यो संख्या अझै बढ्न जान्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]