October 15th, 2019

फर्स्ट माइक्रोफाइनान्सको १७ प्रतिशत बोनस सेयर पारित

बैंकिङ खबर । फर्स्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फवाट अध्यक्ष सुरेन्द्र राज रेग्मीद्धारा प्रस्तुत आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

सभाले नेपाल वित्तीय विबरण प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको बार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ । साथमा आ.व २०७५।०७६ को संचित मुनाफा तथा पुँजीगत जगेडाकोषवाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत सभाबाट पारित भएको छ ।

त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिको १५२ औ बैठकवाट ज्ञानेन्द्र ईवाहाङ (प्रतिनिधि गोर्खाज फाइनान्स) लाई नियुक्त गरेकोमा साधारण सभाले अनुमोदन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]