October 15th, 2019

राष्ट्रिय सहकारी बैंकका सदस्यलाई कृषि विकास बैंकले प्रिपेड कार्ड उपलव्ध गराउने

बैंकिङ खबर । कृषि विकास बैंक लि. र राष्ट्रिय सहकारी बैंक लि. विच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका निमित्त सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कृषि विकास बैंकले राष्ट्रिय सहकारी बैंक लि.(एनसिविएल) सँग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने छ । यसबाट ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]