नेष्डो समृद्धि लघुवित्त र नेपाल एग्रो लघुवित्त बीच मर्जर सम्झौता

बैंकिङ खबर । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । दुई संस्थाबीच मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेष्डो समृद्धिका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाई र नेपाल एग्रोका अध्यक्ष रमेश कर्मचार्यले हस्ताक्षर गरेका हुन् ।

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको नेष्डो समृद्धि राष्ट्रिय स्तरको लघुवित्त हो भने पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तको कार्यक्षेत्र कास्की, पर्वत, गुल्मी, बागलुङ, प्युठान, रोल्पा, तनहुँ, सल्यान, पाल्पा र लमजुङ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.