October 8th, 2019

अजय श्रेष्ठको गिरफ्तारीप्रति निजीक्षेत्र चिन्तित

बैंकिङ खबर । मुलुकको आर्थिक, उद्योग, बैकिङ्ग व्यवसायको विद्यमान वस्तुस्थिती तथा यस क्षेत्रमा देखिएका नीतिगत, कानूनी एवं प्रक्रियागत समस्याका सन्दर्भमा नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुले सरकारसँग विभिन्न माध्यमबाट निरन्तर सम्वादतथा सहकार्य गर्दै आएको जनाउँदै नेपाल उद्योग परिसंघले चिन्ता प्रकट गरेको छ ।

सरकारले आर्थिक, उद्योग, बैँकिङ्ग ऐन आदि क्षेत्रमा कानूनको नीतिगत व्यवस्था एवं प्रक्रियागत सुधारमा देखाएको चासोप्रति निजी क्षेत्र उत्साहित भएको स्मरण गर्दै परिसंघले हाल केही समययतादेखि उद्योग,आर्थिक एवम् बैँकिङ्ग व्यवसायलगायतका क्षेत्रमा विभिन्न अव्यवहारिक बाध्यात्मकता व्यवस्था भएको कारण एकातिर व्यवसाय सञ्चालन महङ्गो हुन गएको र अर्कोतिर बैँकिङ्ग क्षेत्रमा हालै घटेका घटनाक्रमले परिसंघ लगायत सम्बन्धित क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

आर्थिक, उद्योग, बैकिङ्ग व्यवसाय एक अर्काका परिपूरक भएको यथार्थतामा एउटा क्षेत्रमा पर्न जाने अप्ठेरोले एक अर्को क्षेत्र समेत प्रभावित हुने हुँदा सरकारबाट उद्योग, आर्थिक एवं बैकिङ्ग व्यवसायको मनोवल बढाउने गरी यी क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी तथा यस क्षेत्रमा कार्यरत व्यवसायीक व्यक्तित्वहरुको मनोवल बढाउने वातावरणको सुनिश्चितता कायम गर्न परिसंघलृ सरकारसंग आग्रह गरेको छ ।

वित्तीय क्षेत्रमा हालै विकसित घटनाक्रमहरुले बैंक तथा वित्तीय संस्थामा आवद्ध सम्पूर्ण जनशक्तिहरु चिन्तित भएकोले यसले आगामी दिनमा ऋण प्रवाहमा पर्न सक्ने असर तथा समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पर्न सक्ने कुरालाई मनन गर्दै सो समस्या निरुपणमा सम्बन्धित निकायबाट सकारात्मक रुपमा सामाधानकोलागि आवश्यक पहल गर्नेमा परिसंघ विश्वस्त रहेका पनि जनाएको छ ।

परिसंघले स्पष्ट शब्दमा नभनेपनि हालै बैक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको गिरफ्तारीप्रति निजीक्षेत्र चिन्तित रहेको जनाएको बैक तथा वित्तीय क्षेत्रसंग सम्बन्धित जानकारहरुको भनाइ छ । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]