October 5th, 2019

अब ‘शाइन रेसुङ्गा’ राष्ट्रिय स्तरको विकास बैंक, ‘वुटवलमै हेडअफिस’

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बैंकले पुर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभेर असोज २७ गतदेखि एकीकृत कारोबार गर्ने भएको छ । प्राप्ति प्रक्रियापछि शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवल उप महानगर पालिका ६ मा रहने छ ।

असार २७ गते तिनवटै विकास बैंकको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी संस्थालाई असोज ९ गते मर्जर तथा प्राप्तिको लागि स्वीकृति दिएको थियो भने पूर्णिमा र भार्गवको सम्पूर्ण सम्पति तथा दायित्व शाइनको हुने गरि कम्पनी रजिस्ट्रारको कार्यालयले असोज १६ गते स्वीकृति दिएको थियो ।

बैंकले एक्वीजिसन पश्चात कायम हुने पूँजीको ४ बारबार १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुई विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]