एन आई सी एशिया बैंकको MoBank प्रयोग गर्दा दक्षिणा प्लसको लाभ पाईने

बैंकिङ खबर । एन आई सी एशिया बैंकले बडा दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना अघि सारेको छ । यो योजना अन्तर्गत दशैंमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिनेछ ।

दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०% वा अधिकतम रु १०० बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ । यो योजना एन आई सी एशिया बैंकको MoBank प्रयोग गरी फण्ड ट्रान्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमाक्र्समा “दक्षिणा प्लस (Dakshina Plus)” लेख्नुपर्नेछ । ‘सोच बदलौं’ नारालाई समाजमा स्थापित गराएर समाजमा बैचारिक शुद्धता ल्याउने प्रयत्नलाई दशैंसँग जोड्दै यस बैंकले दशैंमा प्रयोग हुने नयाँ नोटलाई सफा राखौं भन्ने मूल शन्देसका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ । साथै यो योजना एन आई सी एशिया बैंकको यसपालीको चाडपर्वलाई लक्षित गरी ल्याईएको “सोच बद्लौं – मोबैंक डाउनलोड गरौं, यसपालीको चाडपर्वमा खुशी अपलोड गरौं” भन्ने अभियान अन्तर्गत ल्याइएको हो । दीर्घकालीन रुपमा नेपाली अर्थतन्त्रलाई नगदरहित बनाई डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न पनि यस दक्षिणा प्लस अफरले आम जनमानसमा डिजिटल भुक्तानीप्रति सकारात्मक दृष्टिकोण बनाउने बैंकले अपेक्षा राखेको छ ।

बैंकले बडा दशैंको अवसरमा दक्षिणा प्लस बाहेक अन्य विभिन्न छुट अफरहरु पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी, Saleways जस्ता डिपार्टमेन्ट स्टोरहरुसँग सहकार्य गरी यस बैंकको कार्ड वा MoBank मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १५% सम्मको छुट प्रदान गर्ने व्यवस्था समेत गरेको छ ।

हाल यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८३ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.