निर्धन उत्थानले दियो ब्यवसायिक बाख्रा पालन तालिम


बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३० जना ग्राहक सदस्यहरुको सहभागितामा रुपन्देही जिल्लाको रामापूर मूर्गीयामा “ब्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको कार्यालयका शाखा प्रमुख जिवराज पौडेलले जानकारी गराउनुभयो । यस तालिममा प्रशिक्षकहरु झविन्द्र वन्जाडे, इन्द्र वहादूर खड्का, शाखा प्रमुख जिवराज पौडेल र क्षेत्रीय प्रमुख शंभू न्यौपाने रहनुभएको थियो ।
लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरीरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिईरहेको र यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नती तर्फ अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख शंभू न्यौपानेले बताउनुभएको थियो ।
निर्धन उत्थानलघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशील विकास तालिम, वित्तीय साक्षरता ब्यवसायीक साक्षरता र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ । संस्थाले देशको अतिदुर्गम स्थानहरुमापनिशाखाहरु स्थापना गरीग्राहक सदस्यहरुलाई सीपविकास तालिम प्रदान गर्दै आईरहेको छ । साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आईरहेको छ । संस्थाले २०७६ श्रावण मसान्त सम्ममा ३ लाख ५८ हजार छ सय एक घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । २०७६ श्र्रावण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु.१९ अरब ६० करोड ८५लाख रहेको छ भने ग्राहक सदस्यहरुको ११ अरब १४ करोड ९७ लाख बचत परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.