निर्धन उत्थानद्धारा मृतक परिवारलाई काज क्रिया खर्च प्रदान

बैंकिङ खबर । बांके, फत्तेपुर स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुरले मृतक सदस्य श्रीमती मिना रानामगरका श्रीमान तुल्से रानामगरलाई काजक्रिया खर्च प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर रहेको र दाहासंस्कार गर्न समेत रकम अभाव भएकाले तत्कालै समुह सदस्यहरुको उपस्थितीमा घरमै गएर रु ५०००।०० रकम उपलब्ध गराईएको हो । मृतक सदस्यले विगत ६ बर्षदेखी समुहमा बसेर कर्जा बचतको कारोवार गरीरहेका थिए । आवश्यक कागज पत्र तयार गरी सकेपछि विमा रकम पनि हस्तान्तरण गर्ने शाखा प्रमुख कलक राज बनले जानकारी दिनु भयो । शाखाले ५ बर्षको अवधिमा १६ जनालाई रु.७,२५,४००।०० बीमा बापतको रकम वितरण गरीएको शाखाका कर्मचारी प्रभात कुमार शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.