एडिबीको प्रक्षेपण : आर्थिक वृद्धि ६.३%, मूल्यवृद्धि कति ?

बैंकिङ खबर । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्ष २०७६।७७ मा नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । संघीय तथा तल्ला सरकारहरूको पुँजीगत खर्च उल्लेखनीय रूपमा बढ्ने र निजी लगानी पनि राम्रो बन्न सके आर्थिक वृद्धिदर यो प्रक्षेपणभन्दा पनि राम्रो हुने पनि एडिबीको प्रतिवेदनले उल्लेख गरेको छ । एडिबीले उद्योग क्षेत्रको वृद्धिदर ७.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ  भने सेवा क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सरकारले चालू आर्थिक वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । गत आर्थिक वर्ष ०७५।७६ मा ७.१ प्रतिशत आर्थिक वृद्धि भएको थियो । उद्योग क्षेत्रको वृद्धिदर ८.१ प्रतिशत थियो भने सेवा क्षेत्रको वृद्धिदर ७.३ प्रतिशत रहेको थियो ।

त्यस्तै चालू आर्थिक वर्षमा साढे पाँच प्रतिशत मूल्यवृद्धि हुने एडिबीको प्रक्षेपण छ । सरकारले भने मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्ष ०७५।७६ मा ४.६ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.