September 27th, 2019

स्वदेशी लघुवित्तद्धारा विपन्न तथा द्धन्दपीडित बालबालिकालाई सहयोग


बैंकिङ खबर । लहान नगरपालिका बडा कार्यालय २० हरिनगरा गाउँ स्थित ऋषिदेब समुदायका ६८ जना बालबालिकाहरुलाई त्यस वडा का बडाध्यक्ष गणेश चौधरीले आफ्नै खर्चमा शौक्षिक अध्ययन गराउदै आई रहनुभएका विपन्न वर्गका बालबालिकालाई बिशाल ग्रुपका एम. डि. अशोक कुमार अग्रवालको सहयोग तथा स्वदेशी लघुवित्त वित्तीय संस्था लि. को सहयोगमा संस्थाका कर्मचारी नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने र लहान नगरपालिका बडा नं. २० का वडा अध्यक्ष गणेश चौधरीले संयुक्त रुपमा झोला, कपी कलम राहत स्वरुप वितरण गर्नुभयो ।
कार्यक्रममा राजेन्द्र प्रसाद न्यौपानेले उपस्थीत बालबालिकालाई सधै मिहिनेत गरेर पढ्न र राम्रो सँग पठन पाठन गर्न प्रेरित गर्नु भयो र त्यहाँ उपस्थीत बालबालिकाका अभिभावकलाई आफ्ना बाल बालिकालाई घरमा पढ्ने वातवरण मिलाई भविष्य सुनिश्चित गर्न अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा बडा अध्यक्ष गणेश चौधरीले संस्थाले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।
यस्तै,
स्वदेशी लघुबित्त वित्तीय संस्थाले विशाल ग्रुपका एम. डि. अशोक कुमार अग्रवालको अफ्नै आर्थिक सहयोगमा हरिवन न.पा. वडा नं. ५, सर्लाही स्थित चेतन संदेश नेपाल आन्तर्गत रहेका द्धन्दपीडित ५२ जना बालबालिकाहरुलाई आउदै गरेको वडा दशैंको अवसरपारी स्वदेशी लघुवित्त वित्तीय संस्थाका क्षेत्रिय प्रवन्धक राम किशोर चौधरीले लत्ता कपडा वितरण गरि सहयोग गर्नुभयो ।
कार्यक्रममा चेतन संदेश नेपालका अध्यक्ष सुरेन्द्र लामाले स्वदेशी लघुवित्त वित्तीय संस्था लि. ले गरेको सहयोग प्रति आफु र त्यहा स्थित बालबालिकामा खुसि छाएको बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]