निर्धनले दियो मृतक परिवारका सदस्यलाई बिमा रकम

बैंकिङ खबर । धरान ६ स्थित निर्धन उत्थान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ ।लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत धरान ६ स्थित पोखराटोलमा गठन भएको पोखरा टोल महिला स्वावलम्बी समुहकी सदस्य धन कूमारी राईको निधन भएपछि निज सदस्यले पाउने बिमा रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।मृतक का श्रीमान तुलसी राईलार्ई बीमा वापतको रकम रु ९७ हजार ५ सय रुपैया शाखा कार्यालय पाचकन्या शाखा प्रमूख टिकाराम गिरीले प्रदान गर्नुभयो ।

संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यू भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.