ध्यान पुर्याउनुहोस्, कर्जा लिँदा पनि लाग्न सक्छ बैंकिङ कसुर

बैंकिङ खबर । कतिपय सर्वसाधारणहरु अन्जानमा पनि बैंकिङ कसुरमा फस्न सक्छन् । जस्तै, कर्जा लिन जाँदा बैंकले अनावश्यक शूल्क माग्न सक्छ । तर, बैंकको नियमका बारेमा थाहा नहुँदा कसैलाई त्यो आवश्यक शूल्क नै होला भन्ने लाग्न सक्छ । त्यस्तै, यति पैसा दिए तपाईँको कर्जा पास हुन्छ भनेर पनि लोभमा पार्ने काम हुन सक्छ । त्यसैले, बैंकिङ कसुरको सजायबाट बच्न हरेक नेपाली नागरिकले बैंकिङ कसुरबारे निम्न कुराहरु थाहा पाइराख्नुपर्ने हुन्छ, साथमा बैंकका कर्मचारीहरुले पनि यसबारे जानकारी पाइरहनुपर्छः

१. अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने
कसैले पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा देहायको कार्य गर्न हुँदैनः
नक्कली कागजात पेश गरी खाता खोल्न वा त्यस्तो कागजात पेश गरी खाता खोल्न लागेको छ भन्ने जानी जानी खाता खोलिदिन वा त्यस्तो खातामा रकम जम्मा गर्न, गराउन वा त्यस्तो खाताबाट रकम निकाल्न वा सो कार्यमा सहयोग गर्न वा त्यसरी खाता खोली विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्न,
कानून बमोजिम बाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्न वा खाता खोलिदिन,
आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटिदिन ।

२. अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने
कसैले पनि बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट रकम निकाल्दा वा भुक्तानी दिंदा देहायको कार्य गर्न हुँदैनः
अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न,
अनधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन

३. विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने
कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेशिन(एटीएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन ।

४. अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने
कसैले पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा लिँदा वा दिँदा देहायको कार्य गर्नु हुँदैनः
गलत, झुट्टा वा नरहे नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी कर्जा लिन वा दिन,
धितोको अस्वाभाविक रुपमा बढी मूल्याड्ढन गरी कर्जा लिन वा दिन,
झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रुपमा बढाई बढी कर्जा लिन वा दिन,
आपूmलाई प्राप्त भएको अख्तियारी वा स्वीकृत सीमा भन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्न वा उपलब्ध गराउन,
बैंक वा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले सो बैंक वा वित्तीय संस्थाको प्रचलित कर्मचारी प्रशासन सम्बन्धी विनियमावली वा प्रचलित कर्मचारी सापटी वा सुविधा सम्बन्धी विनियमावली बमोजिम पाउने कर्मचारी सुविधा अन्तर्गतको कर्जा वा सापटी बाहेक अन्य तवरले आफ्नो बैंक वा वित्तीय संस्थाबाट कर्जा वा सापटी लिन,
बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानून बमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी वा त्यस्तो व्यक्तिको परिवारका सदस्यले आफ्नो बैंक वा वित्तीय संस्थाबाट कर्जा लिन,
तर मुद्दती रसिद, सुन वा सरकारी ऋणपत्रको सुरक्षणमा कर्जा लिन उल्लिखित व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।
कुनै एक बैंक वा वित्तीय संस्थालाई एकपटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई सोही सुरक्षण अर्को बैंक वा वित्तीय संस्थामा राखी पुनः कर्जा लिन वा दिन, तर सुरक्षणको मूल्यले खामेको हदसम्म सहवित्तीयकरण सम्बन्धी प्रचलित कानून बमोजिम दोश्रो हक कायम(पारिपासु) हुने गरी कर्जा दिन वा लिन यो बन्देज लागू हुने छैन ।
व्यवसाय सञ्चालन गर्न सक्ने वित्तीय हैसियत नभएको वा आफूले अनुचित प्रभाव पार्न सक्ने व्यक्तिको नाममा संस्था संस्थापना गराई त्यस्तो संस्था मार्फत वा नक्कली ऋणी खडा गरी त्यस्तो ऋणी मार्फत कर्जा लिन वा त्यस्तो कुरा जानी जानी कर्जा दिन वा कर्जा लिने वा दिने कार्य गर्न वा गराउन ।
ग्राहकको कारोबारको तुलनामा आवश्यकता भन्दा बढी कर्जा दिन,
कर्जा सुविधा उपलब्ध गराए बापत कुनै किसिमको अनुचित लाभ लिन वा दिन ।
बैंक वा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफूले समेत ऋण सुविधा उपभोग गर्ने मनसायले नक्कली ऋणी खडा गरी त्यस्तो ऋणको पुरै वा आंशिक रकमको भुक्तानी लिन वा दिन,
बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफ्नो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको नाममा कुनै प्रकारको ऋण प्रवाह गर्न ।

५. कर्जाको दुरुपयोग गर्न नहुने
कसैले पनि बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्नु वा गराउनु हुँदैन ।

६. बैंकिङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने
बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानून बमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, मेनेजिड्ड एजेण्ट वा सम्बद्ध व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिका परिवारका सदस्यले बैड्ढ वा वित्तीय संस्थाबाट सुविधा लिई वा अन्य कुनै तरिकाले बैंक वा वित्तीय संस्थाको स्रोत र साधनको दुरुपयोग गर्न हुँदैन ।
तर, बैंक वा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले प्रचलित कानून बमोजिम कर्मचारी सुविधा अन्तर्गतको कर्जा वा सापटी लिन बाधा पु¥याएको मानिने छैन ।
नजिकको नातेदारलाई बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिको स्वीकृति लिई कर्जा वा सुविधा दिन बाधा पर्ने छैन ।
कसैले पनि निक्षेपकर्ता वा बैंक वा वित्तीय संस्थाको हित प्रतिकुल हुने गरी बैंक वा वित्तीय संस्थाको सम्पत्ति खर्च गर्न गराउन हुँदैन ।
कसैले पनि गैर बैंकिङ सम्पत्ति लगायत बैंक वा वित्तीय संस्थाको अन्य सम्पत्ति लिलाम बिक्री गर्दा वा अन्य कुनै कारोबार गर्दा कुनै आर्थिक अनियमितता गर्नु हुँदैन ।

७. ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउने
बैंक वा वित्तीय संस्थालाई तिर्नु पर्ने ऋणको भाखा नाघी कालो सूचीमा परेको ऋणीले आफूले तिर्नु पर्ने कर्जा नतिरी स्वदेश वा विदेशस्थित बैड्ढ वा वित्तीय संस्थामा खाता खोली रकम राख्न वा त्यस्तो खातालाई निरन्तरता दिन वा सञ्चालन गर्न वा अन्य कुनै तरिकाले कुनै चल वा अचल सम्पत्ति खरिद गर्न वा त्यस्तो सम्पत्ति उपर कुनै तरिकाले हकभोग प्राप्त गर्न हुँदैन ।
तर, ऋण तिर्ने प्रयोजनको लागि खाता खोल्न वा खातामा तीस दिनसम्म रकम राख्न र चेकबाट कर्जा भुक्तानी गर्न सक्नेछ ।
दैनिक जीवनयापनको लागि चाहिने आधारभूत आवश्यक खर्चको प्रयोजनको लागि तोकिए बमोजिमको रकमको हदसम्म ऋणीले स्वदेश वा विदेशमा रहेका बैंक खाताहरुबाट रकम निकाल्न सक्नेछ ।

८. ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी ऋण वा सुविधा रोक्न नहुने
बैंक वा वित्तीय संस्थाले ऋणीको कुनै परियोजनाको लागि कर्जा वा सुविधा स्वीकृत गरी पहिलो किस्ता प्रदान गरिसकेपछि पर्याप्त आधार र मनासिब कारण विना ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी बाँकी किस्ता कर्जा वा सुविधा दिन बीचमा रोक्न हुँदैन ।

९. कागजात वा खाता बही सच्याई कीर्ते वा जालसाजी गरी हानी नोक्सानी पुर्याउन नहुने
कसैले पनि बैंक वा वित्तीय संस्थाको कुनै कागजात वा खाता बहीमा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाई वा उडाई अर्कै मतलब निस्कने व्यहोरा पारी मिलाई लेख्ने जस्ता काम गरेबाट आफूलाई वा अरु कसैलाई फाइदा वा हानी नोक्सानी गर्ने उद्देश्यले कीर्ते गर्न वा अर्काको हानी नोक्सानी गर्ने उद्देश्यले नगरे वा नभएको झुट्टा कुरा गरे वा भएको हो भनी वा मिति, अंक वा व्यहोरा फरक पारी सहीछाप गरी गराई कागजात बनाई वा बनाउन लगाई जालसाजी गर्न हुँदैन ।

१०. बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याई काम कारोबार गर्न नहुने
कसैले बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको स्वामित्वमा रहेको चल अचल सम्पत्ति मिलोमतो वा जाल परिपञ्च गरी वा हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई, दिई वा पेश गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झुट्टा कुरालाई साँचो हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको हकको चल अचल सम्पत्ति लिनु दिनु दिलाउनु वा बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको सम्पत्ति मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही सम्पत्ति लिनु दिनु बिक्री व्यवहार गर्ने वा सट्टापट्टा गरी बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई हानि नोक्सानी पुर्याउनु हुँदैन ।
कसैले कुनै व्यहोराको झुट्टा, जालसाजपूर्ण कथन, प्रतिज्ञा वा अन्य कुनै तवरबाट बैंक वा वित्तीय संस्थालाई नोक्सानी पुग्ने गरी सो बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको नियन्त्रण वा संरक्षण वा स्वामित्वमा रहेको नगद रकम, कोष, सुरक्षणपत्र वा अन्य चल, अचल सम्पत्ति प्राप्त गर्न वा त्यस्तो सम्पत्ति माथि दखल पुर्याउन वा नियन्त्रणमा लिन वा त्यस्तो योजनालाई कार्यान्वयन गर्न सहयोग पुर्याई बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई हानि नोक्सानी पुर्याउनु हुँदैन ।
कसैले कुनै व्यहोराको गलत वा झुट्टा विवरण वा प्रतिज्ञाको आधारमा बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघसँग कुनै कारोबार गर्न वा आफ्नो नाम ढाँटी सो नाम मेरो होइन, अर्कैको हो भनी र अर्को मानिसको नामलाई मेरो हो सो मानिस मै हुँ भनी वा त्यस्तो कुरा अर्काबाट जानी बुझी भनाउनु, भनी दिनु इत्यादि जुनसुकै कुरो गरी कसूरको सजायबाट बच्नका लागि वा बेइमानीको नियतले धोका गफलत वा झुक्यानमा पारी बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई कुनै पनि तवरले हानि नोक्सानी पुर्याई आफू वा अरु कसैलाई लाभ हुने कार्य गर्न हुँदैन ।

११. बढी, कम वा गलत मुल्याङ्कन तथा वित्तीय विवरण तयार गर्न नहुने
कर्जाको धितो स्वरुप बैंक वा वित्तीय संस्थामा राखिने चल अचल सम्पत्ति वा गैर बैंकिङ सम्पत्तिको रुपमा रहेको बैंक वा वित्तीय संस्थाको चल अचल सम्पत्ति लिलाम बिक्री वा बैंक वा वित्तीय संस्थाको अन्य प्रयोजनको लागि मुल्याङ्कन गर्दा सम्बन्धित मुल्याङ्कनकर्ताले बढी, कम वा गलत मुल्याङ्कन गर्नु हुँदैन ।
मुल्याङ्कनकर्ताले आफ्नो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको सम्पत्तिको मुल्याङ्कन गर्नु हुँदैन ।
बैंक वा वित्तीय संस्थाबाट कर्जा वा सुविधा प्राप्त गर्ने प्रयोजनका लागि कुनै व्यक्ति, फर्म वा कम्पनी वा संस्थाले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण तयार गर्न वा गर्न लगाउन हुँदैन ।
लेखापरीक्षकले कुनै व्यक्ति वा संस्थाको नेपाल सरकार, विदेशी दातृ निकाय वा अन्य निकायमा पेश गर्ने एउटै मिति वा अवधिको वित्तीय विवरणमा आफ्नो राय तथा व्यहोरा नखुलाई वित्तीय विवरणहरु फरक पर्ने गरी प्रमाणित गर्नु हुँदैन ।

१२. अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन नहुने
बैंक वा वित्तीय संस्थालाई हानि नोक्सानी पुर्याउने उद्देश्यले कसैले पनि कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा नगर्न, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैर कानूनी लाभ वा हानि पुर्याउने बदनियतले कुनै कार्य गर्न वा गराउन हुँदैन ।

१३. ढुकुटीको कारोबार गर्न नहुने
कसैले पनि ढुकुटीको कारोबार गर्न वा गराउन हुँदैन ।

१४. गैर कानूनी रुपमा बैंकिङ कारोबार गर्न नहुने
सहकारी ऐन, २०४८ बमोजिम दर्ता भएका सहकारी संस्था वा संघले सोही ऐनको दफा २६ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैड्ढबाट स्वीकृति प्राप्त नगरी बैंकिङ कारोबार गर्न वा गराउन हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.