September 5th, 2019

लगानीकर्ताले ब्रोकरबाटै ऋण पाउने बाटो खुल्यो

बैंकिङ खबर । अब लगानीकर्ताले ब्रोकरबाट नै ऋण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरेसँगै लगानीकर्ताले सिधै ब्रोकरबाट नै ऋण पाउने बाटो खुलेको छ ।

नयाँ ब्यबस्था अनुसार सिडिएससिले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि हितग्राही खाता सम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनु पर्नेछ । ब्रोकरबाट मार्जिनमा खरिद गरिएको शेयर सोहि खातामा जम्मा हुने छ ।

नेप्सेले क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०), भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४), सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८), प्राइम सेक्युरिटिज (ब्रोकर नम्बर १६), नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४), दीपशिखा सेक्युरिटी (३८) र कोहिनुर सेक्लायुरिटी (३५) लाई मार्जिन कारोबारको लागि अनुमतिपत्र प्रदान गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]