August 6th, 2019

प्राइम लाइफ इन्सोरेन्सको नाफामा ४५ प्रतिशतको वृद्धि

बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ४५ प्रतिशतले नाफामा वृद्धि गरेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधीमा २१ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्ष ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने १ अर्ब २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५ /०७६ को चौथो त्रैमाससम्ममा कम्पनीले जीवन बीमा कोष ३६ प्रतिशतले बढाएर ८ अर्ब ९० करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वषको सोही अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

साथै, १२ महिनाको अवधिसम्ममा कम्पनीले ५० करोड ७० लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल दाबी भुक्तानी २५ प्रतिशतले बृद्धि गरेको हो ।

यसैगरि, कम्पनीले गत आर्थिक बर्ष खुद बीमा शुल्क २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन ३० प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २१ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]