August 2nd, 2019

युनाईटेड इन्स्योरेन्सबाट मृतकका परिवारलाई १७ लाख ५० हजार दाबी भुक्तानी

बैकिङ खबर । युनाईटेड इन्स्योरेन्सद्धारा अर्घाखाँचीको भूमिकास्थानमा जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले जीप दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

उक्त रकम अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछानेले एक कार्यक्रमका बीच बिमितका परिवारलाई चेक हस्तान्तरण गरेका थिए । जीप दुर्घटनामा परेका मृतक मोनिका आचार्यको पिता लालमणी आचार्यलाई ५ लाख रुपैयाँ दाबी भुक्तानी कम्पनीले गरेको हो ।

यसैगरि मृतक धन बहादुर रानाकी श्रीमती चन्द्रकला रानालाई ५ लाख रुपैयाँ, मृतक विष्णुमाया श्रेष्ठका श्रीमान मधुकुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ र मृतक नाबालक प्रिन्स श्रेष्ठका पिता मधुकुमार श्रेष्ठ लाई दुई लाख पचास हजार रुपैयाँको चेक भुक्तानी गरेको हो ।

जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ६ का जीप चालक श्याम बहादुर घर्ती क्षेत्रीले लु. १ ज १२२९ नम्बरको जीप सन्धिखर्कबाट प्युठान तर्फ ज“ादै गर्दा गत २०७५ चैत्र २५ गते सोही नगरपालिकाको वार्ड नं. ८ लात्तेमाझमा दुर्घटना भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]