July 31st, 2019

महालक्ष्मी लाईफ इन्स्योरेन्सको वार्षिक शाखा सम्मेलन सम्पन्न

बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न गरेको छ । स्ट्राटिजिक विजनेस मिट २०१९ नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरे । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो ।

Learn-Perform-Lead नारा सहित २ दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आ.व. २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डरराइटिङ्ग, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो । कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटा बाट लक्ष्य पुरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो।

२०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाईफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ । कम्पनीले यस आ. व. मा थप ५० वटा शाखा र उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम वीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]