July 14th, 2019

विश्व बैंककी प्रबन्ध निर्देशक अंशुला कान्तको जीवनी

बैंकिङ खबर । विश्व बैंककी नवनियुक्त प्रबन्ध निर्देशक अंशुला कान्त अहिले भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई)की प्रबन्ध निर्देशक एवम् चिफ फाइनान्सियल अफिसर छिन् ।

विश्व बैंकमा कान्त
प्रबन्ध निर्देशकका रुपमा कान्तले विश्व बैंक समूहको वित्तीय र जोखिम व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछिन् । अरु सामान्य व्यवस्थापनका अलावा उनले फाइनान्सियल रिपोर्टिङ, जोखिम व्यवस्थापन लगायत काम गर्नेछिन् । विश्व बैंकअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडिए) लगायत अन्य संस्था परिचालनका लागि उनले विश्व बैंकका सीईओ क्रिष्टलिना जर्जिभासँग सहकार्य गरेर काम गर्नेछिन् ।

एसबीआईसँगको लामो सहकार्य
कान्तले सन् १९८३ मा प्रोबेस्नरी अफिसरको रुपमा एसबीआई प्रवेश गरेकी थिइन् । मिहिनेत र लगनशीलताका कारण उनी प्रोमोट हुँदै प्रबन्ध निर्देशकसम्म बनिन् । उनले मुम्बई एसबीआईमा प्रमुख व्यवस्थापक भएर पनि काम गरेकी छिन् भने नेशनल बैंकिङ ग्रुप संचालनका लागि डेपुटी मेनेजिङ डाइरेक्टरको जिम्मेवारी पनि सम्हालेकी छिन् । २०१८ सेप्टेम्बरदेखि उनले एसबीआईको प्रबन्ध निर्देशक भएर काम गरिरहेकी छिन् ।

कान्तको निपुणता
कान्त हाल स्ट्रेस्ड एसेट्स, रिस्क एण्ड कम्प्लायन्सकी इन्चार्ज हुन् । एसबीआईको सिंगापुर युनिटमा सीईओ भएर समेत काम गरिसकेकी उनले नोटबन्दीको समयमा पनि उत्कृष्ट कार्य गरेकी थिइन् । चिफ फाइनान्स अफिसरका रुपमा उनले बैंकको पुँजीगत विकासमा ठूलो योगदान पुर्याएकी छिन् । रिटेल बैंकिङ, कर्पोरेट क्रेडिट, क्रस बोर्डर ट्रेड र बैंकिङ इन डेभलप्ड मार्केटमा उनको निपुणता पाइन्छ ।

शिक्षा र परिवार
लेडी श्रराम कलेजबाट अर्थशास्त्र लिएर बीए गरेकी उनले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट सन् १९८१ मा एमए गरिन् । चार्टर्ड अकाउन्टेन्टसँग बिहे गरेपछि रुर्कीबाट उनी बनारसी गइन् । अहिले उनको छोरा अमेरिका र छोरी सिंगापूरमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]