June 5th, 2016

नेपाल राष्ट्र बैंकले खोल्यो वैदेशिक रोजगार बचतपत्र, असार २४ गतेसम्मको समयसीमा

NRB
नेपाल राष्ट्र बैँकले आजदेखी (आइतबार) वैदेशिक रोजगार बचतपत्र २०७८  निष्काशन शुरु गरेको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र ऋण विभागले ३३ करोड ७९ लाख १५ करोड रुपैँयाको ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको हो । वार्षिक रुपमा व्याज करबाहेक ९ प्रतिशत व्याजदरमा तथा प्रत्येक ६ महिनामा व्याजदर दिने बचतपत्रको विक्रि आजदेखि असार २४ गतेसम्म खुल्नेछ । खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासन हुने रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैँकले साँवा भुक्तानी मिति २०७८ असार २९ गतेका लागि तोकेको छ । 
। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]