February 11th, 2019

कर्जा विस्तारमा आक्रामक बनेका बैंकहरु खराब कर्जालाई नियन्त्रणमा राख्न सफल देखिए

बैंकिङ खबर। चालु आर्थिक बर्षको पुष समान्त सम्मको वित्तीय विवरण अहिले सम्म २६ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् । वित्तीय विवरण प्रकाशित गरेका बैंक मध्ये खराब कर्जामा सबैभन्दा बढी सुधार प्रभु बैंकले गरेको छ । गत आर्थिक बर्षको पुष मसान्तमा ४ दशमलव १२ प्रतिशत रहेको बैंकको  खराब कर्जा  घटेर समिक्षा अवधिमा २ दशमलव ४७ प्रतिशतमा झरेको छ । त्यस्तै प्रतिशतका आधारमा खराब कर्जामा सबैभन्दा बढी वृद्धि नेपाल बङ्गलादेश बैंकको देखिएको छ । तर बैंकको खराब कर्जा प्रतिशतका आधारमा गतवर्ष भन्दा केही बढेपनि तुलनात्मक रुपमा अन्य बैंकहरु भन्दा कम नै देखिन्छ । बैंकको यस्तो कर्जा १ दशमलव ७८ प्रतिशत मात्र छ । 

आक्रमक रुपमा कर्जा विस्तार गरीरहेका बैंकहरुको खराब कर्जा बढ्न सक्ने सम्भाना उच्च थियो । तर बैंकहरुले कर्जामा देखाएको सावधानीका कारण अधिकांश बैंकको खराब कर्जा न्यून देखिन्छ । 

गत आर्थिक बर्षको पुष मसान्तको भन्दा चालु आर्थिक बर्षमा १४ वटा बैंकको कराब कर्जा घटेको छ भन्ने १२ वटा बैंकको खराब कर्जा बढेको छ । हाल सम्म वित्तीय विवरण प्रकाशित गरेका २६ वटा बैंक मध्ये ९ वटा बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम रहेको छ । १० वटा बैंकको खराब कर्जा १ देखि २ प्रतिशतको बीचमा रहेको छ । २ देखि ३ प्रतिशतको विचमा ४ वटा बैंकको छ भने ३ देखि ४ प्रतिशतको विचमा २ वटा बैंकको रहेको छ । त्यस्तै १ वटा बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि देखिएको छ । 

नेपाल राष्ट्र बैंकले ५ प्रतिशत भन्दा माथि खराब कर्जा भएका बैंकहरुलाई निगरानीमा राख्ने गर्छ । पुष मसान्त सम्मको विवरण हेर्दा बैंकहरुले खराब कर्जालाइ नियन्त्रणमा राखेको देखिन्छ । त्यसैले वाणिज्य बैंकहरुको खराव कर्जामा नेपाल राष्ट्र बैंकले निगरानी गर्नुपर्ने अवस्था देखिदैन । पुष मसान्तमा सबैभन्दा थोरै खराब कर्जा एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको शुन्य दशमलव १९ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको गत बर्षको तुलनामा खराब कर्जा घटेको हो भने नेपाल एसविआई बैंकको बढेको हो । 

गत आर्थिक बर्ष सम्म शुन्य दशमलव शुन्य ३ प्रतिशत खराब कर्जा रहेको सानिमा बैंकको अहिले बढेर शुन्य दशमलव २४ प्रतिशत पुगेको छ । 

चालु आर्थिक बर्षको पुष मसान्तमा सबैभन्दा धरै खराब कर्जा कृषि विकास बैंकको रहेको छ । बैंकको खराब कर्जा ४ दशमलव ५० प्रतिशत रहेको छ । गत आर्थिक बर्षको पुष मसान्तमा सबैभन्दा धेरै खराव कर्जा प्रभु बैंकको रहेको थियो । तर यो बैंकले खराब कर्जा अशुलिमा राम्रो प्रगति गरेपछि खराब कर्जा घटाएको हो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]