सञ्चालन स्वीकृति सँगै लगानी योजना  सार्वजनीक गर्यो इन्फ्राष्ट्रक्चर बैंकले

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाएको इन्फ्राष्ट्रक्चर बैंकले सोमबार गभर्नरको हातबाट सञ्चालन स्वीकृतिको प्रमाणपत्र लिएको छ । नेपालको पुवाधार क्षेत्रको विकासमा सहयोग पुर्याउने उदेश्यले स्थापना भएको बैंकले संचालन स्बीकृति पाएसंगै आफ्ना आगामी लगानी योजनाहरु पनि सार्बजनिक गरेको छ । बैंकले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधारमा लगानी गर्ने जनाएको छ । यातायात, कृषि, उर्जा, पर्यटन, विशेस आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतमा बैंकले लगानी लगानी गर्ने छ ।

४० अर्ब रुपैयाँ अधिकृत पूँजी, २० अर्ब रुपैयाँ जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको बैंकले ८ अर्बको शेयर सर्बसाधारणको लागि जारी गर्नेछ । बैकमा सरकारको १० प्रतिशत र निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ । बैंकले पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्नुका सार्थै आयोजना  निर्माणका लागि आन्तरीक र वाह्य स्रोत जुटाउन पनि महत्वपुर्ण भुमिका खेल्ने छ ।

बैंकले यसअघि नै प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवली र सहायक प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई नियूक्त गरिसकेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *