February 11th, 2019

नेपाल धितोपत्र बार्डले गर्यो कानुन व्यवसायी सँग अन्तरक्रिया

बैंकिङ खबर। नेपाल धितोपत्र बोर्ड र कानुन ब्यवसायि विच धितोपत्र बजारको कानूनी अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा  सम्बनोधन गर्दै प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हाले विगतमा प्राथमिक बजारमा भोगेका कठिनाइहरुको स्मरण गर्दै पछिल्लो समयमा नेपालको धितोपत्र बजारले एक फड्को मारेको बताए । उनले भने धितोपत्र बजारको आकार, क्षेत्र तथा दायरा विस्तार भएका कारण कानून व्यवसायीका लागि पनि यस क्षेत्रप्रति जिम्मेवारी थपिएको छ । धितोपत्र बजार महत्वपूर्ण विषय भएको बताउँदै यसमा विभिन्न प्रकारका मुद्दा, मामिला आउन सक्दछन् । तसर्थ यसको लागि कानून व्यवसायीहरुलाई अध्ययन तथा अनुभवको आवाश्यकता पर्दछ । यसको लागि पनि यस प्रकारको कार्यक्रम विशेष रहने उनले बताए । धितोपत्र बजारका साथै वस्तु विनिमय बजार पनि नयाँ प्रकृतिको विषय भएकाले यसमा लगानी गरी प्रतिफल प्राप्त गर्न ज्ञान तथा कौशलता दुवै आवश्यक पर्दछ । धितोपत्र बजार केवल लगानी र प्रतिफलको विषय मात्र नभई देशको आर्थिक विकासको संवाहक भएको उनले बताए ।
 
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले अर्थतन्त्रमा पूँजी परिचालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूँजी बजार विकसित देशहरुमा महत्वपूर्ण संयन्त्रको रुपमा रहेको छ तर नेपालमा भने यसको दायरा विस्तार चरणमा मात्र रहेको छ । उनले भने बैंक तथा वित्तीय संस्था, जलविद्युत कम्पनी, बीमा, होटल लगायत अन्य वास्तविक क्षेत्रका कम्पनीहरुको समेत उपस्थिति रहेको नेपालको पूँजी बजार क्षेत्र पछिल्लो समय संरचनात्मक सुधारको क्रमबाट अगाडि बढिरहेको छ । प्राथमिक बजार देशव्यापी भएको तथा दोस्रो बजार क्रमशः देशव्यापी हुँदै गएको सन्दर्भमा बजारमा सहभागीको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै परस्परमा बाझिएका कानूनहरु मिलाउने, ट्रष्ट ऐन तथा म्युचुअल फण्डसम्बन्धी ऐनको तर्जुमा, विद्यमान ऐन नियमहरुलाई समयसापेक्ष बनाउने र बजार गतिविधि तथा सेवाहरुलाई उच्च प्रविधियुक्त बनाई स्तरीय एवं. विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्नु चुनौतीपूर्ण भएको उनले बताए । 

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले धितोपत्र बजारको वर्तमान अवस्था र सुधार को विषयमा आफ्नो धारण राखेका थिए । त्यस्तै बोर्डका उप कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले धितोपत्र बजारमा रहेका कानूनी व्यवस्थाका बारेमा प्रस्ट पारेका थिए । नेप्सेका का.मु. प्रबन्धक निरञ्जन फुँयालले धितोपत्रको दोस्रो बजार विषयमा प्रष्ट पारेका थिए । अधिवक्ता शिव प्रसाद रिजालले धितोपत्र बोर्डसम्बन्धी कानूनी व्यवस्थाहरु र अदालती अभ्यासका बारेमा सहभागिलाई जानकारी गराएका थिए । 

कार्यक्रमका अध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले बोर्ड र कानून व्यवसायीबीच भएको यस प्रकारको संवादले कानून व्यवसायीको भूमिका बढ्नुको साथै जिम्मेवार बनाएको बताए । । उनले कानून प्रवलीकरणमा बोर्डको समेत भूमिका भएको बताउँदै धितोपत्र बजारमा भएका कानूनी अभ्यासलाइ थप सुदृढीकरण तथा पारदर्शी बनाउँदै अदालती प्रक्रियाका लागि कानून व्यवसायी थप सक्रिय हुनु पर्ने बताए । 

कार्यक्रममा पूर्व न्यायाधिश तथा अधिवक्तासहित करिब १२० जनाको सहभागितामा रहेको थियो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]