९१ दिनका लगि २ अर्ब ५३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक 

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै छ । ट्रेजरी बिलमा लगानी गर्न इच्छुकले दिउसो ३ बजे सम्म बोलकबोल मार्फत सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल मंगलबार देखि जारी हुने छ । 

९१ दिन अवधिको ट्रेजरी बिल २०७६ बैसाख ३१ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि पनि राष्ट्र बैंकले माघ २१ गते २८ दिन अवधिको ३ अर्ब २५ करोड र ९१ दिन अवधिको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *