बेष्ट फाइनान्सले दियो टोखाको बाल पुस्तकालयलाई बाल साहित्यमा आधारीत पुस्तकहरु 

बैंकिङ खबर। काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्सले काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ मा रहेको  जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु उपलब्ध गराएको छ । 

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नर बहादुर वि.सी.लाई पुस्तक हस्तान्तरण गरेका हुन् । स्थानीय बाल बालिकाहरुका लागि ज्ञान बद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त पुस्तकहरु हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *