February 11th, 2019

डडेलधुराको नवदुर्गा गाउँपालिकामा खुल्यो प्रभु बैंकको शाखा कार्यालय, आर्थिक विकासमा टेवा पुग्ने विश्वास   

बैंकिङ खबर। संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंकले डडेलधुरा  जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट बैंक शाखाको समुद्घाटन भएको बैंकले जनाएको छ ।  

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिष्टले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस शाखा कार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । 

बैंकको यस शाखाबाट स्थानीय सर्वसाधारणहरु, संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]