February 11th, 2019

आक्रामक रुपमा प्रस्तुत भएको एनआइसी एशिया कसरी बन्दैछ बैकिङ क्षेत्रको बादशाह 

बैंकिङ खबर। गत बर्ष सम्म नेपालमा ठुला बैंकहरुको नाम लिदा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक संगै निजी क्षेत्रबाट नविल र नेपाल इन्भेष्टमेन्ट बैंकको नाम पहिला आउने गर्दथ्यो । तर अहिले एनआइसी एशिया बैंकको नाम पनि अगाडी आएको छ । 

मुनाफा आर्जनमा केही पछाडी देखिए पनि एनआईसी एशिया बैंक निक्षेप तथा कर्जा लगानीमा अरु बैंक भन्दा निकै अगाडी देखिएको छ । चालु आर्थिक बर्षको पुष मसान्त सम्मको बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंक निक्षेप तथा कर्जा विस्तारमा निकै आक्रामक रुपमा अगाडी बढेको देखिएको छ । 

बैंकले एक वर्षयता नाफा १ सय २० प्रतिशतले वृद्धि गरेको छ । निक्षेप ४५ प्रतिशतले वृद्धि गरेको छ । निक्षेप संकलनमा नविल र इन्भेष्टमेन्ट बैंकलाई समेत पछाडि पारेको छ । राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंक हो भने निजी क्षेत्रबाट एनआइसी एशिया नै पहिलो बैंक भएको छ । त्यस्तै कर्जा लगानीमा एनआएसी एशियाले राष्ट्रि वाणिज्य बैंकलाई समेत पछाडि पार्दै पहिलो नम्बरमा देखिएको छ । यही गतिमा व्यवसाय विस्तार गर्दै जाने हो भने एनआइसी एशिया बैंक चालु आर्थिक वर्षको अन्त्य सम्ममा निक्षेप, कर्जा र नाफा कमाउने बैंकमा सबैभन्दा अगाडी देखिने पक्का जस्तै छ । 
चालु आर्थिक बर्षको पुष मसान्त सम्मको वित्तीय विवरण अनुसार मुनाफा आर्जानमा पहिलो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने दास्रो स्थानमा नविल बैंक रहेको छ तस्रो स्थानमा नेपल इनभेष्मेन्ट बैंक र चाथौ स्थानमा एनआइसी एशिया बैंक रहेको छ । गत आर्थिक बर्षको पुष मसान्तको भन्दा आक्रमक रुपमा बजार विस्तार गरिरहेको एनआईसी एशिया बैंकले १२० प्रतिशतले नाफामा वृद्धि गरेको देखिन्छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २२ प्रतिशतले नाफा बढाएको छ । नविल बैंकले ११ प्रतिशतले नाफा बढाएको छ । तर नेपाल इन्भेष्टमेन्ट बैंकको भने ६ प्रतिशतले नाफा घटेको छ ।

गत आर्थिक बर्षको पुष मसान्तमा निक्षेप संकलनमा पहिले स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक बर्षको पुष मसान्तमा पनि पहिलो स्थानमा नै रहेको छ । गत आर्थिक बर्षमा दास्रो स्थानमा रहेको नेपाल इनभेष्टमनट बैंक चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा चौथो स्थानमा पुगेको छ । एनआइसी एशिया बैंक दास्रो स्थनमा उक्लिएको छ । गत बर्षको पुष मसान्तमा निक्षेप संकलनमा तेस्रो स्थानमा रहेको नविल बैंक यो वर्ष पनि तेस्रो स्थानमा नै छ । गत आर्थिक बर्षको पुष मसान्तको तुलनामा चालु आर्थिक बर्षको पुष मसान्तमा सबैभन्दा धेरै निक्षेप एनआईसी एशिया बैंकले ४५ प्रतिशतले बढाएको छ । नविल बैंकले २३ प्रतिशतले, राष्ट्रिय वाणिव्य बैंकले २१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ९ प्रतिशले निक्षेप बढाएको देखिन्छ । 

चालु आर्थिक वर्षको पुष मसान्त सम्मको वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंक सबैभन्दा धेरै कर्जा लगानी गर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक बर्षको पुष मसान्तको भन्दा ४७ दशमलव ८९ प्रतिशते कर्जा बढाएको छ । कर्जा लगानीमा दास्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले उक्त अवधिमा २१ दशमलव ८९ प्रतिशतले कर्जा बढाएको छ भने नविल बैंक २६ दशमलव ९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले १२ प्रतिशतले कर्जा बढाएका छन् ।

एनआइसी एशिया बैंकले अन्य सुचकहरुलाई पनि नियन्त्रणमा नै राखेको देखिन्छ । एनआसी एशियाको खराब कर्जा चार वटा बैंकको भन्दा कम शुन्य दशमलव ३० प्रतिशत मात्र रहेको छ । आधार ब्याजदर भने अन्य बैंकको भन्दा केही माथि देखिन्छ । स्प्रेड रेट ५ प्रतिशत भन्दा तल छ भने कर्जा–पूँजी–निक्षेप अुनपात (सिसिडी रेसियो)मा अरु बैंकभन्दा असहज अवस्थामा छ। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]