February 11th, 2019

२० प्रतिशतले नाफा बढाएको बैंक अफ काठमाडौंको निक्षेप ८० अर्ब माथि

बैंकिङ खबर। ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंक अफ काठमाडौंले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ६६ कारोड १३ लाख ११ हजार रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ ।  बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १९ दशमलव ८९ प्रतिशतले नाफा बढाएको छ । बैंकको नियामकीय ब्यवस्था अगाडीको नाफा भने ७३ करोड ७५ लाख ४० हपार रुपैयाँ रहेको छ । गत आथिक बर्षको सोही अवधिमा बैंकको नाफा ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ रहेको थियोे । बैंकले जगेडा कोषमा १ अर्ब भन्दा बढिले वृद्धि गदै ६ अर्ब १२ करोड ४९ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको जगेडा कोषमा ४ अर्ब ८९ करोड ७५ लाख ७ हजार रुपैयाँ रहेको थियो । 

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ४ अर्ब ७६ करोड ३० लाख  ८६ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २ अर्ब ९८ करोड ३९ लाख ७४ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ हुन जान्छ । बैंकले गत आर्थिक बर्षको सोहि वर्ष खुद ब्याज आम्दानी १ अर्ब ३० करोड ५२ लाख ०७ रुपैयाँ गरेको थियो ।

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी  ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप १३ दशमलव ४२ प्रतिशतले बढाउँदा कर्जा १५ दशमलव ९६ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ७० अर्ब ७२ करोड १६ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ४१ करोड ६६ लाख ४० रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १४ दशमलव ७९ प्रतिशत, खराव कर्जा २  दशमलव ०८ प्रतिशत, आधार ब्याजदर १० दशमलव ६० प्रतिशत, मूल्य आम्दानी अनुपात १३ दशमलव १४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८६ रुपैयाँ ६० पैसा र प्रतिशेयर आम्दानी २० रुपैयाँ ८६ पैसा रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]