गोगंबुमा १ लाख ५२ हजार नक्कली नोट सहित १ जना पक्राउ


बैंकिङ खबर। प्रहरीले काठमाडौँको गोगंबुबाट ठुलो परिमाणमा नक्कली नोट फेला परेको छ। प्रहरीले दिएको जनकारी अनुसार १ लाख ५२ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ओमबहादुर कुँवर क्षेत्री पक्राउ परेका छन् । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विशेष सूचनाका आधारमा गोगंबुको गणेस्थानस्थित गौमती सिर्पालीको घरमा डेरामा बस्ने ओमबहादुर कुँवरको कोठाबाट १ लाख ४१ हजारको नक्कली नोट भेटिएको थियो भने नजिकै बस्ने हिक्मत कुँवरको कोठामा पनि ११ हजार नक्कली रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हिक्मत कुँवर फरार रहेका छन् । उनको खोजी खइरहेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट ५० थान पासपोर्ट समेत बरामद भएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *