February 10th, 2019

लक्ष्य अनुसार आर्थिक वृद्धि हुने सम्भावना घट्यो, सरकारी खर्च अझै बढ्न सकेन


बैंकिङ खबर। राष्ट्रिय योजना आयोगले मध्यावधी समीक्षा अघि अर्थमन्त्रालयलाई पठाएको प्रतिवेदनमा लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल नहुने अनुमान गरेको छ । आयोगका अनुसार चालु आर्थिक वर्षमा लक्ष्य भन्दा १ दशमलव ३ प्रतिशतले कम भई आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा सिमित हुने प्रारम्भिक अनुमान छ । 

स्रोतका अनुसार अहिलेको प्रतिवेदन पहिलो तीन महिनाको तथ्यांकको आधारमा गरिएको अनुमानमा आधारीत छ । तर सरकारले गर्ने खर्च, निजी क्षेत्रको लगानी, मौसम, तथा कृषि क्षेत्रबाट हुने उत्पादनले आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि पुग्ने सम्भावना पनि देखिन्छ । चालु आर्थिक वर्षमा धान उत्पादन राम्रो भएको, माघ महिनामा पानी परेका कारण गहुँपनि राम्रो उत्पादन हुने सम्भावना भएकाले पनि आर्थिक वृद्धिदर अहिले अनुमान गरिएभन्दा निकै माथि पुग्ने अनुमान योजना आयोगको छ । आयोगले चालु आर्थिक वर्षको वास्तविक अनुमान भने फागुन पछि मात्रै सार्वजनिक गर्ने छ । 

आयोगले अहिले सरकारी खर्च न्यून हुने, कृषि उत्पादन पनि अनुमान मात्र गर्न सकिने र व्यापार तथा उद्योगमा पनि कति लगानी पुग्छ आकलन गर्न नसकिने भएकाले आर्थिक वृद्धिको उचित प्रक्षेपण गर्न नसकिने जनाएको छ । 

सरकारले अवको केहीदिनमा मध्यावधी समीक्षा गर्ने तयारी गरिरहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]