उन्नति माइक्रोफाइनान्सले बोनस वितरण पछि हकप्रद शेयर विक्री गर्ने 

 बैंकिङ खबर। भैरहवामा केन्द्रिय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले शनिवार चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले पाँच वटा सामान्य र सात वटा विशेष प्रस्ताव पास गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी दिए । 

साधारणसभाले ४० दशमलव ५० प्रतिशत बोनस शेयर र २० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । त्यस्तै २ दशमलव १३ प्रतिशत बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत स्वीकृत गरेको छ । 

लघुवित्तले हालसमम ४४ करोड ५१ लाख निक्षेप संकलन गरी १ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ । लघुवित्तले विभन्नि ठाउँमा ३९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ । 

लघुवित्तमा २८ हजार भन्दा बढी विपन्न परिवारको संलग्नता रहेको छ । लघुवित्तले बोनस शेयर वितरण र हकप्रद शेयर विक्री गरेपछि ८ करोड ८२ लाख ७५ हजार चुक्तापूँजी पुग्ने जनाएको छ । अहिले लघुवित्तको चुक्तापूँजी ५ करोड ५० लाख रहेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नयाँ अपडेट