February 10th, 2019

जनसेवी लघुवित्तले ग-यो दोस्रो त्रैमासीक सम्मको समिक्षा, ७९ लाख २५ हजार नाफा 

बैंकिङ खबर। पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका संचालक  मेघनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री, नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे लगायत २५ वटा शाआ कार्यालयहरुबाट शाखा प्रमुखहरुको सहभागीतमा गोष्ठी सम्पन्न भएको हो । 

१० जिल्लामा २५ वटा शाखा कार्यालयहरु मार्फत सेवा उपलब्ध गराउँदै आएको लघुवित्तले हालसम्म १३ हजार २ सय ४ जना सदस्यहरुबाट १५ करोड ४८ लाख ८७ हजार ७ सय ७५ रुपैयाँ बचत संकलन गरी ७ हजार ४ सय ६८ जना सदस्यहरुलाई १ अर्ब ६० करोड २८  लाख ८२ हजार ५ सय रुपैयाा कर्जा प्रवाह गरेको छ । जसमध्ये १ अर्ब ८ करोड ७५ लाख १८ हजार असुली गरिसकेको जनाएको छ । 

हाल संस्थाको लगानी ५१ कारोड ५३ लाख ६४ हजार ४ सय १४ रुपैयाँ लगानीमा रहेको जनाएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७९ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]