February 10th, 2019

प्राइम बैंकको नाफामा उच्च वृद्धि, प्रतिशेयर आम्दानी २६ रुपैयाँ नाघ्यो 

बैंकिङ खबर। ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा खुद नाफा १ अर्ब ६ करोड ८ लाख ९७ हजार रुपैयाँ पु-याएको छ भने रेगुलेटरी एडजस्टमेन्ट पछिको नाफा ९३ करोड ४२ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २१ कारोड ९१ लाख ४० हजार रुपैयाँले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको मुनाफा ७१ करोड ५१ लाख २८ हजार रुपैयाँ रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ४ अर्ब ८१ करोड ९२ लाख ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै ब्याज भुक्तानी ३ अर्ब ४ करोड ७० लाख २८ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७७ करोड २२ लाख ३ हजार रुपैयाँ हुन जान्छ । गत वर्ष दोस्रो त्रैमास सम्ममा यस्तो आम्दानी १ अर्ब १६ करोड ४० लाख ६० हजार रुपैयाँ थियो ।

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा ७६ अर्ब ७२ करोड ७० लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६० करोड ४० लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप केही बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ७१ अर्ब ६ करोड ८ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २ करोड ५६ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १२ दशमलव ६८ प्रतिशत, खराव कर्जा १ दशमलव ५८ प्रतिशत, कस्ट अफ फण्ड ८ दशमलव २९ प्रतिशत, मूल्य आम्दानी अनुपात १२ दशमलव ४२ गुण, प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ५५ पैसा र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]