February 8th, 2019

बीमा क्षेत्रमा नयाँ प्रविधि, ट्यबालेट इन्स्योरेन्सको अवधारणा ल्याउदै महालक्ष्मी लाईफ इन्स्योरेन्स 

बैंकिङ खबर। महालक्ष्मी लाईफ इन्स्योरेन्सले १९ औं जीवन बीमा कम्पनीको रुपमा आइतबारदेखि कारोबार सुरु गर्दै छ । २०७५ माघ १ गते बीमा समितिबाट सञ्चालन अनुमति पाएको यो कम्पनीले सातवटै प्रदेशमा प्रादेशिक कार्यालय र काठमाडौंमा मुख्य कार्यालय रहनेगरी सञ्चालनमा आउन लागेको हो ।  

अहिलेको अवस्थामा नेपालको १४ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको छ । ८६ प्रतिशत मानिस बीमाको पहुँच बाहिर रहेको अवस्थामा भर्खरै मात्र सञ्चालन अनुमति पाएको यो कम्पनीले पाँच वर्षमा उत्कृष्ट जीवन बीमा कम्पनी बनाउने लक्ष्य लिएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकिङ खबरसँग कुराकानी गर्दै दुई वर्षमा नयाँ जीवन कम्पनीहरु मध्ये पहिलो बन्ने र ५ वर्षमा सबै जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट बन्ने लक्ष्य लिएको दावी गरेका छन् । 

भट्टराइले भने ‘नेपालमा अझै पनि बीमा चेतनाको अभाव रहेको छ । कतिपयले बाध्यकारी अवस्थामा मात्र बीमा गरीरहेका छन् भने कतिपयले भनसुनको आधारमा बीमा गरिरहेका छन् । बीमाको बारेमा बुझेर बीमा गर्नेको संख्या निकै कम छ । यस्तो अवस्थामा हामी सञ्चालनमा आएका छौं । त्यसैले चुनौति निकै धेरै छ ।’
कार्यकारी प्रमुख भट्टराइले आफुले २ वटा बीमा कम्पनीको सफल नेतृत्व गरीसकेको उल्लेख गर्दै आफ्नो अनुभवको भरपुर प्रयोग गर्ने बताए । । त्यस्तै महालक्ष्मी लाईफको उच्च ब्यवस्थापनमा पनि बीमाको बारेमा राम्रोसँग ज्ञान भएकोे टिम रहेकाले लक्ष्य सजिलै हासिल गर्न सक्ने विश्वास रहेको उनले बताए । 
हाल सञ्चालनमा रहेका अन्य बीमा कम्पनीले प्रदेश तथा क्षेत्रीय प्रमुख नियूक्त गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा महालक्ष्मीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरिसकेका छ । सुरुमै कुशल टिम निमार्ण गर्न सफल भएकाले लक्ष्य अनुसार काम गर्न सहज हुने भट्टराइको भनाई छ । 

बीमा चेतनाको अभाव भएपनि ८६ प्रतिशत पहुँच नपुगेकाले पनि व्यवसाय विस्तरमा समस्या नहुने विश्वास उनको छ । ब्यवसाय विस्तरमा महालक्ष्मीलाई अन्य जीवन बीमा कक्पनी भन्दा फरक तरिकाले अगाडी बढाउने योजनामा रहेको भट्टराईले बताए । उनले भने ‘हामी १९ औं कम्पनीको रुपमा बजारमा जाँदै छौं  त्यसैले ग्राहकले किन महालक्ष्मी इन्स्योरेन्स नै रोज्ने र यसमा अरुमा भन्दा के फरक भन्ने कुरा गर्न सक्छन् । हामी त्यसमा सजग छौं । अर्कोतर्फ ५ वटा बैंकको समेत लगानी रहेकोले लगानीकर्ताको हिसाबले सबैभन्दा बलियो कम्पनी हो । त्यसैले पनि ग्राहकले महालक्ष्मी इन्स्योरेन्सलाई छनोट गर्छन भन्ने विश्वास गरेका छौं’

अभिकर्ताको सञ्जाल पनि मजबुत बनाइसकेको महालक्ष्मी इन्स्योरेन्सले आधुनिक टेक्नोलोजीको प्रयोग गर्ने जनाएको छ । भट्टराईका अनुसार इन्स्योरेन्सले ट्याबलेट इन्स्योरेन्सको कन्सेप्टमा गाउँगाउँमा बीमा सेवा उपलब्ध गराउने छ । जताततै रेमिट्यान्स सेन्टर भएजस्तै हरेक ठाउँमा ट्याबलेट मार्फत सेवा उपलब्ध गराउने छौं। यसले गाउँगाउँमा बीमाको पहँुच पु-याउने छ । बजार विस्तरमा यो नै उपयुक्त विकल्प हो भन्ने लागेको छ । सबै कुरा नयाँ र फरक किसिमको भएकाले जीवन बीमाको क्षेत्रमा पनि केही नयाँ गर्न सक्छौ भन्ने लागेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]