February 8th, 2019

एक सातामा नेप्से २२ अंकले घट्यो, १ अर्ब ५० करोडको कारोबार

बैंकिङ खबर । यो साता सेयर बजारमा परिसूचक नेप्से घटेको छ । ब्याजदरको प्रभाव अझै लामो समय सम्म देखिने सम्भावना भएपछि बजारमा लगानीकर्ताले कारोबार घटाएका छन् । जसले गर्दा शेयर परिसूचक नेप्से दबाबमा देखिएको छ । 

यो साता वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढन गई शेयर बजारमा लगानी बढ्न नसकेको देखिन्छ । जसको असर सेयर परिसूचकमा नेप्सेमा देखियो । लगानी पूँजी अभाव भएपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिए । जसले गर्दा साताभर १ अर्ब ५० करोड ४४ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै परिसूचक नेप्से २२.०६ अंकले घटेर १ हजार १ सय ३९ दशमलव ५७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ अंक बढीले घटेर २ सय ४२ दशमलव ६१ अंकमा बन्द भएको छ । 

लगानीकर्ता खरिद विक्रीका लागि तयार नहुँदा कारोबार रकममा बृद्धि हुन सकेन छैन् । त्यसैले पनि बजारमा माग र आपूर्ति दुवै न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अधएवार्षिक समिक्षा गर्ने दिन समेत नजिक आएकाले लगानीकर्ता तत्काल लगानी बढाउने पक्षमा देखिदैनन् । यसैको असर सेयर बजारमा देखिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]