३ करोड ७६ लाख बीमा शुल्क उठाएको अजोड इन्स्योरेन्सको नाफा १ करोड नाघ्यो   

बैंकिङ खबर । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको अजोड इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको छ । पहिलो त्रैमासमा इन्स्योरेन्सले ५८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । २ करोड ४२ लाख रुपैयाँ जगेडा कोषमा राखेको इन्स्योरेन्सले बीमा कोषमा ६१ लाख रुपैयाँ र महा विपत्ती जगेडाको लागि २५ लाख रुपैयाँ छुट्याएको छ । अजोड इन्स्योरेन्स सञ्चालनमा आएको झण्डै एक वर्ष मात्र भएको छ । 

बीमा शुल्क आर्जन
इन्स्योरेन्सले दास्रो त्रैमास सम्ममा ३ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । पहिलो त्रैमासमा ८८ लाख रुपैयाँ मात्र बीमा शुल्क कमाएको इन्स्योरेन्सले दोस्रो त्रैमासमा ३२७ प्रतिशतले वृद्धि गरेको हो । 

कुल आम्दानी
पुष मसान्त सम्ममा कमिशनबाट १ करोड ९१ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ४ करोड ९९ लाख रुपैयाँ गरी ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

दावी भुक्तानी तथा अन्य खर्च
कम्पनीले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ११ लाख रुपैयाँ खुद  दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशनको लागि ३७ लाख रुपैयाँ खर्च गरेको इन्स्योरेन्सले, सेवा शुल्क वापत ३ लाख, व्यवस्थापन खर्च ३ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ । उक्त अवधिमा इन्स्योरेन्सले त्रैमासिक अन्त्यमा भुक्तानी हुन बाँकि दावी वापतको व्यवस्थाको लागि ३५ लाख रुपैयाँ र त्रैमासिक अन्त्यमा असमाप्त जोखिम वापतको ब्यवस्थाको लागि लागि २ करोड ८२ लाख रुपैयाँ छुट्याको छ । 

कुल बीमा शुल्क, दावी र भुक्तानी
इन्स्यारेन्सले हालसम्ममा १२ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जारी बीमालेखको संख्या १३ हजार २ सय २८ वटा रहेको छ । २२ वटा दावी मध्ये २१ लाख रुपैयाँ भुक्तानी गरेको इन्स्योरेन्सले अझै ३४ वटा दावीको ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

सुचकहरु
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४ रुपैयाँ ७२ पैसा र प्रतिशेयर कुल सम्पत्ति १ सय १९ रुपैयाँ ५८ पैसा रहेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *