February 8th, 2019

मिथिला लघुवित्तको नाफा ४५ % बढ्दा, जगेडा कोषमा १४६ % को वृद्धि

बैंकिङ खबर। ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ चुक्तापूँजी रहेको मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा  ७१ लाख ३३ हजार रुपैयाँ मुनाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ४५ दशमलव ९५ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तकोे मुनाफा ४८ लाख ८७ हजार रुपैयाँ रहेको थियोे । लघुवित्तले जगेडा कोषमा वृद्धि गर्दै २ करोड ९४ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा १४६ दशमलव १२ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा लघुवित्तको जगेडा कोषमा १ करोड १९ लाख ६८ हजार रुपैयाँ मात्र रहेको थियो ।,

आम्दानी तथा खर्च
लघुवित्तले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ५ करोड ८२ लाख ४६ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३ करोड ३२ लाख ४६ हजार रुपैयाँ गरेको छ । यस अनुसार लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ४९ लाख ९९ हजार रुपैयाँ हुन जान्छ । गत बर्ष लघुवित्तको खुद ब्याज आम्दानी २ करोड १९ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

बचत तथा कर्जा 
लघुवित्तले गत पुष मसान्त सम्ममा २१ करोड १६ लाख २२ हजार रुपैयाँ बचत संकलन गरी ७२ करोड ८९ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ४८ दशमलव ३२ प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा लघुवित्तले कर्जा लगानी ४६ दशमलव ५९ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १४ करोड २६ लाख ७७ हजार रुपैयाँ बचत संकलन गरी ४९ करोड ७२ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
लघुवित्तकोे पूँजी कोष अनुपात १२ दशमलव ०५ प्रतिशत, खराव कर्जा ३ दशमलव २४ प्रतिशत, कस्ट अफ फण्ड १० दशमलव १७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ६५ पैसा र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६२ पैसा रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]