February 8th, 2019

विदेशी लगानी ल्याउँदाको जोखिम कम गर्न हेजिङ फण्ड नियमावली जारी

बैंकिङ खबर। सरकारले वैदेशिक लगानी ल्याउँदा हुन सक्ने जोखिम न्यूनिकरणका लागि ‘हेजिङ फण्ड सम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । 

जलविद्युत परियोजनामा ठुलो रकम आवस्यक पर्ने र त्यसमा वैदेशिक लगानी आकर्षित गर्न हेजिङ फण्ड बनाउने तयरी स्वरुप नियमावली ल्याएको हो । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । 

मन्त्रिपरिषद्को माघ २१ गतेको बैठकले उक्त नियमावली जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिएका हुन् । 

हेजिङ फण्डमा वैदेशिक लगानी ल्याउन चाहने लगानीकर्ताले निकै चासो दिएका छन् । कोषमा सरकार, लगानीकर्ता सबैको दायित्व रहने छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]