February 7th, 2019

माघ २७ बाट कारोबार सुरु गर्दै महालक्ष्मी लाईफ, ५ बर्षमा नेपालकै उत्कृष्ट बन्ने लक्ष्य

बैंकिङ खबर। नेपालको १९ औं जीवन बीमा कम्पनीको रुपमा संचालन अनुमति पाएको महालक्ष्मी लाईफ इन्स्योरेन्सले माघ २७ गते देखी कारोबार सुरु गर्ने भएको छ । २०७५ माघ १ गते कारोबार संचालन अनुमति पाएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले नेपालमा रहेको अन्य जीवन बीमा योजना भन्दा  दुई वटा नयाँ जीवन बीमा योजना सहित ३ वटा जीवन बीमा योजनको विक्री सुरु गर्ने लागेको हो ।

विहिबार काठमाडौंमा पत्रकार सम्मलेनको आयोजनमा गर्दै इन्योरेनसले बीमा समिति बाट अनुमति पाएको महालक्ष्मी डबल सावधिक बीमा योजना र महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा योजना गरी र्दुइ वटा नयाँ योजना र महालक्ष्मी सावधिक बीमा योजना  गरेर तिन वटा बीमा योजनको साथमा कारोबार सुरु गर्न लागेको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले बताए ।

फागुन महिना भित्र मुख्य कार्यलय र सात वटै प्रदेशमा प्रादेशिक कार्यलयको एकसाथ उद्घाटन गर्ने तयारी गरिरहेको इन्स्योरेन्सले जनाएको छ । माघ २७ गते देखी काठमाडौं विरगंज र पोखराबाट कारोबार सुरु गर्न लागेको इन्योरेन्सले  इटहरी, धनगढी, सुर्खेत र कोहलपुरबाट फगुनको दोस्रो साता भित्र कारोबार सुरु गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए । उनले भने हामीले बीमा समितिबाट १३ वटा शाखा संचालनको अनुमति पाएका छौं । उक्त १३ वटा शाखा फागुन महिनामै खोलिसक्छौं र आगामी असार मसान्त भित्रमा मध्य पहाडी जिल्लामा १२ वटा र काठमाडौं उपत्यकामा १३ वटा गरेर जम्मा३५ वटा शाखा विस्तार गर्ने योजना बनाएका छौं ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ सस्थापकबाट जम्मा गरिकेको छ । बाँकि रहेको ६० करोड सर्बसाधारणको लागि छुट्याएको छ । इन्स्योरेन्सको अध्यक्षमा मनोरञ्जन रमण शर्मा रहेका छन् भने संचालकहरुमा उमेश लाल क्षेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा रहेका छन् । 

चालु आर्थिक बर्ष भित्रमा ५० करोड बीमाशुल्क आर्जन गर्ने, २ बर्ष भित्रमा १० वटा नयाँ खुलेका कम्पनी मध्ये पहिलो हुने र ५ बर्ष भित्रमा नेपालकै उत्कृष्ट जिवन बीमा कम्पनी बनाउने दाबी इन्योरेन्सले गरेका छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]