प्रभु लाइफ इन्स्योरेन्सको तीन नयाँ शाखा विस्तार 

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ तीन शाखा कार्यालय स्थापना गरेको छ । इन्स्योरेन्सले नेपालगञ्ज, घोराही र बुटवलमा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । नेपालगञ्ज, घोराही तथा बुटवल तीनवटै शाखा कार्यालयको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरे गरेका हुन् । 

अध्यक्ष डा.घिमिरेले यस कम्पनी आफनो शाखाहरु विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका बिभिन्न स्थानहरुमा भएका शाखा बिस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरे ।

समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने समेत जानकारी दिए । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नयाँ अपडेट